जामुनवारीका अध्यक्ष ख्याम सिटौला,फेकोफन कोशी प्रदेश कमिटीमा निर्वाचित

0
SHARES
170
VIEWS

जामुनबारी सिमसारका अध्यक्ष ख्याम सिटौला,फेकोफन कोशी प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन ।

झापाबाट सिमसार क्षेत्रमा सफलता कमाएको जामुनवारी सिमसारका अध्यक्ष समेत रहेका सिटौला,सामुदायि वन उपभोक्ता महासघं नेपाल कोशी प्रदेश कमिटीमा सर्वसम्मत निर्वाचित भएका हुन।
झापाबाट सन्चालित ५९ वटा सामुदायि बनहरुको नेतृत्व गर्दै गिता भण्डारी र सिटौला निर्वाचित भएको निर्वाचन आयोगका अधिकृत राजकुमार अ‍ोलीले जानकारी दिनुभएको हो ।

भण्डारी फेकोफनको कोषाध्यक्षमा निर्वाचित भएकी हुन ।
कोशी प्रदेशमा नै राम्रो र सफल सिमासारको पहिचान बनाउन सफल जामुनवारी पर्यटकिय क्षेत्रबाट सिटौलाले पहिलो पटक कोशी प्रदेशमा प्रतिनिधित्व गरेको झापाका अध्यक्ष बेद भण्डारीले जानकारी दिनुभएको छ ।

शुक्रवार विराटनगर स्थित अथिती सदनमा सम्पन्न अधिवेसनबाट तुलसी सगै्रालाको अध्यक्षतामा ५१ सदस्यीय कोशी प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।
अधिवेसनलाइ कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको थियो भने महासघंका सचिव ठाकुर भण्डारीको प्रमुख आथित्यतामा बन्द सत्र समापन भएको निर्वाचन अधिकृत ओलीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार