पत्रकारिता पुरस्कार वितरण गर्दै प्रेस युनियन झापाको अधिवेसन सम्पन्न

0
SHARES
18
VIEWS

खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कार, टंकप्रसाद रमादेबी पाठक स्मृति पत्रकारिता पुरस्कार र रमादेबी टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै प्रेस युनियन झापाले १० औ झापा अधिवेसन सम्पन्न गरेको छ ।
आज आइतवार झापाको विर्तामोडमा एक कार्यक्रमका विच युनियनले सम्मान तथा अधिवेसन सम्पन्न गरेको हो ।
युनियनले झापाका सन्चारकर्मीहरु वेणु अधिकारी ,लिला अनमोल ,अर्जून राजवंसी सहित पुर्व अध्यक्ष कृष्ण हुमाँगाइ ,भिम नेम्वाडं गोविन्द चन्द्र क्षेत्री लगाएतलाइ सम्मान गरेकोहो ।आज नै युनियनलाइ आर्थिक तथा भौतिक रुपमा संस्थालाई सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको छ ।

आज नै अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नेतृत्वका लागि राजेन्द्र गौतम, र गिरीराज भट्टराई ले सभापतिमा उम्दवारी दिएका छन

नेपाल प्रेस युनियन झापाको १० औं जिल्ला अधिवेशन एवम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रम झापाका काग्रेस नेता देउमान थेवेले उद्घाटन गर्नूभएको थियो ।

युनियन झापा अध्यक्ष इन्दु पुर्वेलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युनियनका उपाध्यक्ष गिरीराज भट्टराई र कार्यक्रमको सञ्चालन सह–सचिव स्वतिका आचार्यले गर्नूभएको हो ।

अध्यक्ष इन्दुले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, सल्लाहकार तथा पूर्व अध्यक्षहरु गोबिन्दचन्द्र क्षत्रि, चिन्तामणि दाहाल, लोकराज ढकाल, भिम नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार