बुधबारे हटिया खाली गराउन माइकिङ शुरु

0
SHARES
46
VIEWS

बुधबारे हटिया खाली गराउन माइकिङ शुरु गरेको छ । आज साँझबाट बिर्तामोड नगरपालिकाले बुधबारे हटियाको घर, टहरा खाली गर्न माइकिङ थालेको हो । अहिले नगर प्रहरीले माइकिङ गरिरहेका छन् ।

२४ घण्टाभित्र बजार क्षेत्रको घर टहरा खाली गर्न भन्दै माइकिङ गरिएको छ । निर्धारित समयभित्र व्यापारीले घर टहरा खाली नगरेमा कानुन बमोजिम नगरपालिकाले बल प्रयोग गरेर अघि बढ्ने जनाइएको छ । शनिवार साँझसम्म व्यापारीहरुले घर, टहरा एवम् संरचनाहरु खाली नगरे नगरपालिकाले आफै हटाउने बुझिएको छ । हटाउन लाग्ने खर्च समेत व्यापारीहरुबाटै असुली गरिने बताइएको छ ।

बिर्तामोड नगरपालिकाले कानुन बमोजिम सूचना प्रकाशन गरेर व्यवसायीहरुलाई ठाउँ खाली गर्न यसअघि नै सूचित गराइसकेको छ । व्यापारीले अटेरी गरेपछि नगरले कानुन बमोजिम अघि बढ्ने तयारी गरेको हो ।

बिर्तामोडका राजनीतिक दलहरुको सहमतिमा सर्वपक्षीय सहमति पछि नगर कार्यपालिकाले सो क्षेत्रमा बहुतले व्यवसायिक भवन बनाउने निर्णय गरेको थियो । केहि दलले व्यापारीको वैकल्पिक व्यवस्थापनको माग राखेका थिए । वैकल्पिक व्यवस्थापनका लागि सिटी सेन्टर उपयुक्त भएपनि व्यापारीले त्यहाँ जान मानेनन् ijalas

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार