गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरसँग भेटेका छन् ।
गृहमन्त्री श्रेष्ठले आज आईजीपी कुँवरसँग भेट गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपीको नामसमेत मुछिएपछि गृहमन्त्री श्रेष्ठले उनीसँग भेट गरेका हुन् ।
भेटमा आईजीपीसँग उनको नामसमेत जोडिएकामा जिज्ञासा राखेका थिए । उनले आईजीपीको नामसमेत मुछिनु गलत भएको भन्दै कुँवरलाई चेतावनीसमेत दिएका बुझिएको छ ।
आईजीपी कुँवरले भने बाहिर आएका हल्लामा कुनै सत्यता नरहेको भन्दै आफ्नो बचाउ गरेका थिए ।
गृहमन्त्री श्रेष्ठले प्रहरी मुछिएको विषयमा गहिरो चासो राखेका थिए । अनुसन्धान प्रतिवेदनभित्रका सक्कल कागजातहरु अभियोगपत्र दायर नहुँदै सार्वजनिक भएको विषयमा उनले आईजीपीसँग असन्तुष्टि व्यक्त गरेका थिए ।दैनिकनेपाल
Discussion about this post