कुल बजेटको २ प्रतिसत खेल र खेलाडिको लागि बिनियोजन गर्न नेपाल खेलकुद महासङ्घको मन्त्रीलाइ ज्ञापन पत्र

0
SHARES
24
VIEWS

नेपाल खेलकुद महासङ्घले नेपाल सरकारको कुल बजेटको २ प्रतिशत खेल र खेलाडिमा रकम बिनियोजन गर्न माग गरेको छ । आज युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बुलाइ भेटेर महासङ्घले १३ बुंदे ज्ञापन पत्र बुझाउदै खेलकुद बिस्वबिध्यालय तुरुन्तै सन्चालन गर्न समेत माग गरेको छ । नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष प्रशुराम बस्नेतको नेत्रुत्वमा मन्त्रालय पुगेको नेकोशको टिमले आफ्ना १३ बुंदे मागहरु तुरुन्तै कार्यान्वयन गर्न ध्यानाकर्सण गराएको हो । नेकोशले रास्ट्रीय खेलकुद परिसदको लामो समय देखि रोकिएको बढुवा प्रकृया अबिलम्ब अगाडि बढाउन माग गरेको छ भने, खेलाडिको दुर्घटना बिमा र निशुल्क उपचार गर्न समेत माग गरिएको नेकोशका बरिस्ठ उपाध्यक्ष दिपेन्द्र दाहालले जानकारी दिनु भएकोछ । साथै नेकोशले आउने दिनमा ७ वटै प्रदेशमा प्रत्याप्त बजेट पुराएर टोल टोलमा आफ्नो खेलाडी उत्पादन गर्ने भुमिकामा साथ दिन समेत माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार