५ तल्ले व्यावसायिक मायादेवी कम्प्लेक्स उद्घाटन

0
SHARES
417
VIEWS

विर्तामोडमा पाकिडं सहितको अत्याधुनिक ५ तल्ले व्यावसायिक मायादेवी कम्प्लेक्स उद्घाटन भएको छ । आजबाट झापाकोे बिर्तामोडमा अण्डर ग्राउण्ड पार्किडं सहितको ५ तल्ले व्यवसायिक कम्प्लेक्स सञ्चालनमा आएको हो । झापाको बिर्तामोड ५ को धर्मकाँटा रोडमा मायादेवी कम्प्लेक्स सञ्चालनमा ल्याइएको हो ।

पूर्व पश्चिम राजमार्गसँग जोडिएको कम्प्लेक्स पाँच तलाको छ ।नेपाल अलैची व्यावसायी महासघंका केन्द्रिय अध्यक्ष समेत रहेका बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले कम्प्लेक्स निर्माण गर्नूभएको हो ।

बिहीवारआज बिहान आयोजित संक्षिप्त समारोहकाबीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महतारा प्रसाई र सञ्चालक भट्टराईकी आमा मायादेवीले संयुक्त रुपमा कम्प्लेक्सको उद्घाटन गर्नुभएको हो ।

भवनको दोस्रो तलामा एभरेस्ट लार्ज कार्डमम प्रालि, पूर्वाञ्चल इन्भेस्टमेन्ट प्रालि, मेची पोल्ट्री प्रालि र एनएस प्रालिको कर्पोरेट अफिस सञ्चालनमा रहेको सञ्चालक भट्टराईले जानकारी दिनुभएको छ ।भटटराइले आफुहरुले राजधानी बाहिर पनि कर्पाेरेट हाउस सन्चालन गरेर अन्ताष्टिय स्तरको व्यापार गर्न सकिनेमा विस्वास लिदै यो कर्पाेरेट हाउस सन्चालन गरेको बताउनुभएको छ ।

भटटराइ पुर्वकै सफल र प्रगतिशिल व्यावसायी मान्छिन ।अलैची खेतीलाइ उद्दोग सन्चालनको योजना बनाएर अन्तराष्टिय ब्राण्ड बनाउन सफल भटटराइको यो अभियानलाइ विर्तामोडबासीले उत्साहको रुपमा हेरेको बताएका छन .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार