इं पौडेल सहितको शव, सुनकोशि नदि मै भेटियो, अझै १ बेपत्ता

0
SHARES
11
VIEWS

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ ।

मंगलबार साँझ गाडीसँगै दुई वटा शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका बेपत्ता परिवारका सदस्यका अनुसार इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल र भानु–९ का ५७ वर्षीय कृष्ण केसीको शव फेला परेको छ । उनीहरुको शव पोष्टमार्टमका लागि काठमाण्डौतर्फ लगिएको छ । सोहि गाडीमा सवार पूर्वी नवलपरासीको प्रगति–७ घर भएका ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै फेला परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको प्रहरी निरीक्षक सुवास थापाको कमान्डमा रहेको गोताखोर सहितको टोलीले फेला पारेको हो ।

त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भँगालोलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बा १ झ ७४६७ नम्बरको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र भानु पौडेल सवार गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए ।अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार