५१ हजार राशिको पुरस्कारबाट गणेश पोखरेल सम्मानित हुदै

0
SHARES
16
VIEWS

असार ६ गते चार झापाली पत्रकारलाई पुरस्कृत गरिँदै

झापा । द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालसमेतको समन्वयमा पहिलोपटक वितरण गर्न लागिएको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिने भएको छ । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक हुन् ।

उक्त पुरस्कारबाट पूर्व पुरस्कृत माधव बिद्रोहीको संयोजकत्वमा गठित छनोट समितिले सो निर्णय गरेको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जनाएका छन् । प्रेस चौतारी झापाले १७ वर्ष अगाडि स्थापना गरेको सो पुरस्कार भोलि पाँचौं पटक वितरण हुनेछ ।

यसअघि सो पुरस्कारबाट लीला बराल, शिव गाउँले, माधव बिद्रोही र रघु मैनाली पुरस्कृत भइसकेका छन् । उक्त पुरस्कार भोलि असार ६ गते द्रोणाचार्यको ३०औं स्मृति दिवसमा वितरण गरिने कार्यक्रम छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानका सदस्य तथा छनोट समितिका सदस्य सन्तोष आचार्यले जनाएका छन् ।

यसैगरी प्रेस चौतारी झापाले स्थापना गरेको राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना नवोदित झापाली पत्रकारहरु पुरस्कृत हुने भएका छन् । हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी, रेडियो भिजनका पत्रकार अस्मिता साँखी र खबरखेती डटकमका तिलक योञ्जनलाई राइजिङ स्टार चुनिएको छनोट समितिका सदस्य तथा संगठनका पूर्व अध्यक्ष टिकाराम उप्रेतीले जानकारी दिए ।

उक्त पुरस्कार प्रेस चौतारी झापाको वार्षिक साधारणसभा समारोहमा असार ६ गते दिउँसो काँकरभिट्टामा हस्तान्तरण गरिने छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यका लागि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई आमन्त्रण गरिएको जनाइएको छ । पुरस्कारको नगद राशी जनही ५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार