दुध उत्पादक किसानलाई आधा करोडको अनुदान…झापा र इलामका ३६ सय घरधुरीका किसान प्रत्यक्ष लाभान्वित

0
SHARES
0
VIEWS

रितिका डेरीका दुध उत्पादक किसानलाई आधा करोड बराबरको अनुदान रकम वितरण गरिएको छ ।

दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको हो।

किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो ।

आइतबार रितिका डेरी उद्योग मेचीनगर-१२ मा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश सरकारले पहिलो पटक प्रतिलिटर दुई रुपैयाँ पर्ने गरी दिएको अनुदानबाट झापा र इलामका ३६ सय बढी घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहन स्वरुप प्रदेश सरकारले पहिलोपटक यो कार्यक्रम ल्याएको बताएको छ ।

जसमा आइतबार मात्रै ४७ लाख १८ हजारबढी रकम अनुदान स्वरुप वितरण गरिएको छ । डेरीमा दुध दिँदै आएका किसानलाई सो अनुदान वितरण गरिएको हो ।

यस डेरीले झापा र इलामका अधिकांश स्थानबाट दैनिक ३० हजार लिटर दुध संकलन गर्छ ।

मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादन तथा संकलन गर्ने सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म तथा दुग्ध उत्पादन समुहहरुलाई एकमुष्ट अनुदान रकम वितरण गरिएको हो ।

अब यी सम्पूर्ण संस्थाहरुले आफुलाई दुध उपलब्ध गराउने किसान समक्ष यो रकम पुर्याउनेछन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेचीनगर प्रमुख बुढाथोकीले किसानले उत्पादन गर्ने दुधको आधारमा अनुदान दिइँदा सम्पूर्ण किसान लाभान्वित हुने बताए ।

‘यो आम किसानका लागि अत्यन्तै महत्वपूर्ण योजना हो, पहुँच नभएका तर हरेक समय आफ्नै माटोमा परिश्रम गर्ने किसान चौतर्फी मारमा परिरहेका बेला यस्तो कार्यक्रम आउनु अत्यन्तै खुशीको कुरा पनि हो । अब प्रदेश सरकारले यस कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्छ,’ उनले भने ।

किसानको क्षेत्रमा स्थानीय तहले पनि कस्ता कार्यक्रम ल्याउने भन्ने बारे छलफल भइरहेको मेयर बुढाथोकीले बताए । कार्यक्रममा किसानका तर्फबाट योगेन्द्र खनाल, बुद्धशान्ति गाउँपालिका वडा नं ७ का अध्यक्ष चन्द्र भण्डारी, मेचीनगर−११ का वडाध्यक्ष रुद्र डाँगी, १२ का वडाध्यक्ष मधुसुदन निरौला, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रितिका डेरी उद्योगका संस्थापक अध्यक्ष घनश्याम चिमरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा डेरीका सञ्चालक राजन चिमरियाले स्वागत मन्तव्य राखेका थिए भने व्यवस्थापक योगेन्द्र चिमरियाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सोही अवसरमा रितिका डेरीका सञ्चालक घनश्याम चिमरियालाई दुग्ध व्यवसायको क्षेत्रमा सहयोग गरेका भारतको पश्चिम बंगाल निवासी हरेसप्रताप सिंहलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ sudurpurwa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार