सत्ता गठबन्धनभित्र खटपट सुरू…शपथ ग्रहण बहिस्कार

0
SHARES
52
VIEWS

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा सत्ता गठबन्धनभित्र खटपट सुरू भएको छ।

मुख्यमन्त्रीले सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै गठबन्धन घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ।

उसले आज हुने शपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेको छ।

सरकार गठनपूर्व सुरूआतमा गठबन्धनका दलहरूबाट एक-एक जना मन्त्री बनाउने सहमति भएको तर अहिले कांग्रेस र माओवादीबाट दुई-दुई जनालाई मन्त्री बनाउन लागिएको भन्दै एकीकृत समावादीले आपत्ति जनाएको हो।

एकीकृत समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राइले आज हुने शपथ ग्रहण समारोह बहिष्कार गर्ने निर्णय भएको जानकारी दिए।

आज विस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बन्दैछन्। कांग्रेसबाट रामकुमार खत्री पनि आजै मन्त्री बन्दैछन् ।

यसअघि शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए।

गठबन्धनमा छलफल नै नगरी कांग्रेस र माओवादीले मन्त्री पठाएका कारण आजको शपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने नेता राइले बताए।


‘यसबाट प्रदेश सरकारलाई विश्वासको मत दिने विषयमा समेत सोच्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले सेतोपाटीसँग भने।

कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाले हस्ताक्षर गरेका थिए। मुख्यमन्त्री दाबीका लागि बहुमत नपुगेपछि कोशीका सभामुखले पनि हस्ताक्षर गरेका थिए।

सरकार गठन गर्दा संविधान मिचिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो। उक्त रिटको सुनुवाई आज हुँदैछ।setopatibata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार