टेसला इन्टरनेशनल कन्सल्टेन्सीको सुरुङ्गामा सेमिनार आयोजना

0
SHARES
13
VIEWS

रन्जना ओली

कनकाई, २७ असार ÷झापाको सुरुङ्गामा फिनल्याण्ड किन जाने भन्ने विषयमा एक दिवसीय सेमिनार आयोजना भएको छ ।

टेसला इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको सेमिनार सुरुङ्गामा आयोजना भएको हो।

संसारकै सबैभन्दा समृद्ध मुलुकको सूचीमा पर्ने उत्तर युरोपेली देश फिनल्याण्डको विशेषताका बारेमा सम्बन्धित विषयका विशेषज्ञहरुबाट सेमिनार संचालन भएको कन्सल्टेन्सीका प्रवन्ध निर्देशक मीलन ओलीले जानकारी दिए । सेमिनारमा फिनल्याण्ड किन जाने साथै यसको आर्थिक पक्षका बारेमा समेत विस्तृत जानकारी गराइएको प्रवन्ध निर्देशक ओलीले बताए ।

विगत २० वर्षदेखी शैक्षिक सेवा साथै १० वर्षदेखी शैक्षिक परामर्श सेवामा आफ्नो सम्पूर्ण समय खर्चिएका ओली सामाजिक क्षेत्रमा समेत त्यतिक्कै क्रियाशिल छन । नेपाल शैक्षिक परामर्श संघ (इकेन) झापा शाखाका अध्यक्ष समेत रहेका ओलीले अब कनकाईको सुरुङ्गामा समेत कन्सल्टेन्सीको सेवा विस्तार गर्ने भएका छन् ।

पछिल्लो समय उत्तर युरोपेली देश फिनल्याण्डमा अध्ययनकालागी युवाहरु बढी आकर्षित भएका कारण यस क्षेत्रमा केही अनुभव प्राप्त गरेका कन्सल्टेन्सीका प्रबन्ध निर्देशक ओलीले प्रविधिको समेत प्रयोग गर्दै विभन्न माध्यमबाट शैक्षिक परामर्शमा क्रियाशिल हुँदै आएका छन् ।

स्क्याण्डिनेभियन मुलुकहरू मध्ये सबैभन्दा विकसित देशका रुपमा रहेको फिनल्याण्ड ३,३८,४५५ वर्ग किलोमिटर क्षेत्रफल र लगभग ६० लाख जनसंख्या रहेको देशका रुपमा परिचित छ । फिनल्याण्ड ५९ हजार अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको संसारको २३औं सम्पन्न मुुलुक हो ।

मानव विकास सूचकाङ्कमा ११औं स्थानमा पर्ने फिनल्याण्डको विकास संसारका सबै देशका लागि लोभलाग्दो र अनुकरणीय रहेको छ । औसत आयु पुरुषको ८० वर्ष र महिलाको ८५ वर्ष रहेको फिनल्याण्ड संसारकै सबैभन्दा समृद्ध मुलुकको सूचीमा आउँछ । फिनल्याण्डको आधिकारिक नाम गणतन्त्र फिनल्याण्ड हो । भौगोलिक रूपमा यो देश नेपालभन्दा करिब तीन गुना ठूलो छ ।

फिनल्याण्डका नागरिक संसारकै सबैभन्दा खुशी मानिन्छन् भने यहाँको प्रगति, स्वतन्त्रता र सामाजिक सुरक्षा विश्वकै लागि अनुकरणीय बन्ने गरेको छ । फिनल्याण्ड एक पुँजीवादी मुलुक हो, तर समाजवादले परिकल्पना गरेका जनहितकारी नीतिहरू र जनकल्याणकारी राज्यका प्रावधानहरू यहाँ धेरै मात्रामा व्यवहारिक रूपमा लागू गरिएका छन् । फिनल्याण्डको प्रगतिको आत्मा भनेको प्रगतिशील सामाजिक मान्यता हो ।

त्यसैले फिनिस समाजलाई विश्वकै उदाहरणीय समाज मानिन्छ । विकासका मानकहरूमा फिनल्याण्ड विश्वमै अग्रस्थानमा छ । शिक्षा तथा स्वास्थ्य सेवा, न्यून भ्रष्टाचार, दिगो विकास, जनशक्ति विकासमा फिनल्याण्डले गरेको प्रगतिकै कारण आज यो मुलुक अघि बढ्न सकेको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार