भन्सार नतिरी बाहिरिएको कन्टेनरमा भेटियो एक करोड बढीको सामान

0
SHARES
19
VIEWS

मेचीनगर, १२ साउन । मेची भन्सारबाट भन्सार नतिरी बाहिरिएको कन्टेनरमा एक करोड भन्दा धेरै मुल्यको सामान फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ताले दिएको जानकारी अनुसार कन्टेनरमा कोको जेल ६० कार्टुन, अफ्जल ८० कार्टुन, काँसको झ्याम्टा २ हजार ४ सय ६५ केजी र साबुन २५ कार्टुन फेला परेको छ ।

जुन सामाको मुल्य एक करोड एक लाख २७ हजार ५ सय मुल्यांकन गरिएको छ । गाडीको मुल्य २० लाख मुल्यांकन गरेर एक करोड २१ लाख २७ हजार ५ सय मुल्यांकन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–६ स्थित ट्राफिक पोस्ट नजिकैबाट शुक्रबार साँझ ७ बजे कन्टेनरलाई नियन्त्रणमा लिएको थियो ।ratopost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार