बिर्तामोड १ की कल्पना गुरूङ, २८ तोला सुनसहित पोखरामा पक्राउ

0
SHARES
33
VIEWS

झापाको बिर्तामोड नगरपालिका वडा नं. १ की ४५ वर्षीया कल्पना गुरूङलाई प्रहरीले २८ तोला सुनसहित पोखरामा पक्राउ गरेको छ । पोखरा बसपार्कबाट उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

बसबाट ओर्लिए लगत्तै प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट सुन बरामद गरेको हो । गुरूङले लगाएको ब्राभित्र सुन लुकाएर राखेकी थिइन्।

बिर्तामोड घर भई हाल उनी काठमाडौंको जोरपाटी बस्दै आएको खुलेको छ ।

गुरूङले आफूलाई काठमाडौंबाट अरू नै कसैले पैसाको प्रलोभन दिएर सुन बोकाएको बताएकी छिन् ।

पोखरा पुगेपछि एउटा फोन आउँछ, उसैलाई सुन दिनू भनेर आफूलाई पठाइएको उनले प्रहरी समक्ष प्रारम्भिक बयान दिएकी छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार