हिसान र प्याब्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतीघरमा प्रदर्शन

0
SHARES
4
VIEWS

शिक्षा क्षेत्रलाई निरूत्साहित गर्ने गरी सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याब्सन, हिसान र प्याब्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले शिक्षामा समान अवसर, अवसरमा समान पहुँच, विधेयक कसले र कसका लागि बनायौं ?, विभेदको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गर्छै ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।

गुठीमा भएका विद्यालयहरूले नै दु:ख पाएको अवस्था कम्पनीमा रूपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनको भनाइ छ । शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउँदै उनीहरूले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन् ।

जसअनुसार असार २६ गते अन्तरक्रिया गर्ने, २७ गते समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने कार्यसूची रहेको छ ।dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार