‘जनतासँग माओवादी, विषेश रुपान्तण अभियान’को लागि प्रदेश १ मा नेताहरुको कार्यविभाजन

0
SHARES
18
VIEWS

प्रदेश १ मा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवसहित केन्द्रीय समितिका नेताहरु पार्टीले सञ्चालन गर्ने तीन महिने अभियानको लागि वडा तहको जिम्मेवारी लिएर खटिने भएका छन् । विराटनगरमा बसेको प्रदेश समितिको बैठकले केन्द्रदेखि प्रदेशसम्मका नेताहरुलाई वडा तहको जिम्मेवारी दिने निर्णय गरेको हो ।

भदौ १६ गते देशभर एकसाथ उद्घाटन हुने ‘जनतासँग माओवादी, विषेश रुपान्तण अभियान’को लागि नेताहरुको कार्यविभाजन भएको हो । त्यसअनुसार पार्टीका केन्द्रीय सचिव एवं प्रदेश इञ्चार्ज चक्रपाणी खनाल (बलदेव) विराटनगरको वडा नं. १८ मा खटिने भएका छन् । खनालले विराटनगरको अर्को एउटा वडाको पनि जिम्मा लिनेछन् ।

संघीय सरकारका पर्यटनमन्त्री रहेका केन्द्रीय सदस्य सुदन किरातीले मोरङको बेलबारी नगरपालिकाको एउटा वडा जिम्मा पाएका छन् । किरातीको जिम्मामा पर्ने वडा भने जिल्ला समन्वय समितिको बैठकले तय गर्ने भएको छ । प्रदेशमा रहेका सबै केन्द्रीय नेता र प्रदेश सदस्यहरुलाई अनिवार्य भूगोलमा जोडिनेगरि कार्यविभाजन गरेको पार्टीका सचिव गणेश उप्रेतीले जानकारी दिए ।

जसअनुसार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमलाई मोरङको उर्लाबारी नगरपालिका, प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोलाई झापाको दमक नगरपालिका, पूर्वमन्त्री दुर्गाप्रसाद चापागाईंलाई विराटनगर महानगरपालिका, पूर्वमन्त्री जीवन आचार्यलाई सुनसरीको इनरुवा नगरपालिकाको जिम्मेवारी तोकिएको छ । यस्तै राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीलाई उदयपुरको कटारी नगरपालिकाको २ वटा वडा, संघीय सरकारका पूर्वमन्त्री अमनलाल मोदीलाई उदयपुरको चौदण्डीगढी नगरपालिका र प्रदेशसभाकी पूर्वउपसभामुख सरस्वती पोखरललाई मोरङको पथरी नगरपालिकाको जिम्मेवारी दिइएको छ ।

बैठकले पार्टीको अभियान सञ्चालन गर्नको लागि इञ्चार्ज चक्रपाणी खनालको नेतृत्वमा ८ जनाको सचिवालय निर्माण गरेको छ । जसमा सिनियर केन्द्रीय सदस्यहरु सावित्रिकुमार काफ्ले, अजम्बर काम्बाङ, धर्मशिला चापागाईं, सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, शिवकुमार मण्डल र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ छन् ।

सचिबालयमा रहेका सबै नेताहरुलाई पनि पालिका र वडाको जिम्मेवारी तोकिएको छ । जसअनुसार काफ्लेलाई झापाको भद्रपुर नगरपालिका, राईलाई सुनसरीको इटहरी उपमहानगरपालिका, काम्बाङलाई सुनसरीको धरान उपमहानगरपालिका, चापागार्इंंलाई धनकुटाको धनकुटा नगरपालिका र पाख्रिवास नगरपालिका तथा मण्डललाई झापाको विर्तामोड नगरपालिका तोकिएको छ ।

बैठकले अभियानको लागि जिल्लाहरुको संयोजन गर्न इञ्चार्जहरु पनि हेरफेर गरेको छ । जसअनुसार अन्तरजिल्लाको जिम्मेवारी दिइएको छ । जसअनुसार ताप्लेजुङमा पाँचथरकी सिता थेबे, पाँचथरमा झापाका झलकसिंह दर्लामी, इलाममा मोरङका कुलप्रसाद साम्बा, झापामा संखुवासभाका राजेन्द्र कार्की, मोरङमा खोटाङकी समिता कार्की, विराटनगर महानगरपालिकामा तेह्रथुमका दुर्गाप्रसाद चापागाइँ र सुनसरीमा उदयपुरकी मणि खम्बू किरातीलाई इन्चार्ज बनाइएको छ । यसैगरी तेह्रथुममा ताप्लेजुङका खेलप्रसाद बुढाथोकी, संखुवासभामा सोलुखुम्बुका हेमकुमार राई, भोजपुरमा सोलुखुम्बुकै शिवबहादुर बस्नेत, खोटाङमा ओखलढुंगाकी चम्पा कार्की, सोलुखुम्बुमा सुनसरीका एकचन्द्र बराल, उदयपुरमा धनकुटाकी धनमाया बिकलाई र ओखलढुंगामा इलामका धिरेन्द्र शर्मालाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

जिल्ला इञ्चार्जहरुले पनि जिल्लाभित्रको कुनै पालिका वा वडाको जिम्मा लिएर अभियानको नेतृत्व गर्नेछन् । बैठकले केन्द्रीय सदस्यहरुलाई घर भएको भन्दै अर्को जिल्लामा र प्रदेश सदस्यहरुलाई अर्को पालिकामा जिम्मेवारी तोकेको छ ।

प्रदेश नम्बर १ का १३७ वटै पालिकाको इन्चार्जहरु बैठकले तोकेको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए । अभियानको क्रममा माओवादी केन्द्रले पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नविकरण र विस्तार, अभिलेख व्यवस्थापन, प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका कार्यालयहरु र कार्यकर्ता व्यवस्थापन आदि काम गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणमा ५ घण्टे अन्तरपार्टी स्कूल सञ्चालन गर्ने, विषयगत अन्तरक्रिया र तालिम, गोष्ठी, प्रशिक्षण, जनभेला, टोलभेला, युवा तथा महिलाहरुको भेला आयोजना गर्ने निर्णय गरेको छ । अभियानको तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवा आदि कार्यक्रममार्फत जनपरिचालन गर्ने, सुशासन र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

तीन महिने अभियानको नारा ‘घर घरमा माओवादी, जन–जनमा माओवादी’ राखिएको छ । अभियानको क्रममा आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरुले कम्तिमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम शुरु गर्नेसमेत तय भएको छ witlightnewsbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार