उपाध्यक्ष तिवारीलाइ बेबास्था गर्दै अध्यक्ष राईले दिए वडा अध्यक्ष सुब्बालाइ कार्यवाहक

0
SHARES
7
VIEWS

झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएका छन् । वडाध्यक्षलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएर राई भने विदेश भ्रमणमा निस्किएका हुन् ।

राईले विदेश भ्रमणको अघिल्लो दिन कमल गाउँपालिका वडा नं. २ का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक दिएका हुन् । उपाध्यक्ष प्रमीला नेउपाने तिवारी कार्यालयमा दैनिक गइरहेकी थिइन् । कांग्रेसबाट निर्वाचित अध्यक्ष राईले नेकपा समाजवादीबाट निर्वाचित सुब्बालाई अख्तियारी दिएका हुन् । उपाध्यक्ष तिवारी नेकपा एमालेबाट निर्वाचित हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार