गौरादहका थापाले गरे पोर्चुगलमा आत्महत्या

0
SHARES
41
VIEWS

झापाको गौरादह नगरपालिका–३ का एक युवाले पोर्चुगलमा आत्महत्या गरेका छन् । गौरादह–३ गुराँस चोक निवासी नारायण तथा हेमा थापाका छोरा २६ वर्षीय अजय थापाले बिहीबार पोर्चुगलमा आत्महत्या गरेका हुन् ।

थापाले राजधानी लिस्बनस्थित आफू बस्दै आएको घरको चार तलामाथिको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिएका छन् । थापाले के कारण आत्महत्या गरेका हुन् भन्ने विषय भने खुनिनसकेको अध्यक्ष खडकाले बताए ।

वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल गएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए ।

प्रहरीको अनुसन्धान जारी रहेकाले उनको पार्थिव शरीरलाई लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको छ । त्यहाँको प्रक्रिया पूरा गरेपछि नेपाल ल्याइनेछ । अनुसन्धान प्रक्रिया जारी रहेकाले हाल उनका सबै सामाजिक सञ्जाल खाता पोर्चुगल प्रहरीले बन्द गरेको छ ।Onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार