मुख्यमन्त्रीको पद सकसमा – उपसभामुख बिरामि बिदामा

0
SHARES
9
VIEWS

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार प्रदेश सभामा विश्वासको मत लिने लिँदैछन् ।

प्रदेश सभा सचिवालयका अुसार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिनेछन् । गत १६ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत लिन कठिन हुने देखिएको छ ।

कोशीकी उपसभामुख दनुवार बिरामी

आज बस्ने प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् ।

प्रदेश सभा नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना प्रदेश सभा सदस्यलाई मनोनयन गरिएको छ ।

बैठक सञ्चालनका लागि मनोनयन गरेका चार जना प्रदेश सभा सदस्यमध्ये नेकपा (एमाले)की मालतीकुमारी लिम्बू र राप्रपाका अम्मरबहादुर विष्टले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)की गीता तिम्सिना र नेपाली कांग्रेसकी इस्राइल मन्सुर रहेका छन् । आज उपसभामुख उपस्थित हुन नसकेमा सत्ता गठबन्धनकी गीता र इस्राइल मध्ये एकजनाले प्रदेश सभा बैठक सञ्चालन गर्नेछन् ।

आज बस्ने प्रदेश सभा बैठकमा नेकपा (एमाले)का ७ र राप्रपाका दुई जना प्रदेश सभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रदेश सभा सचिवालाई गराएको बताइएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग अहिले बहुमत अर्थात ४७ मत छ तर प्रमुख प्रतिपक्ष दल अनुपस्थित भएर बैठकको अध्यक्षता पनि सत्ता पक्षले नै गर्नुपरेको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउन कठिन छ ।दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार