नयाँ पुूस्तालाइ पुराना पुस्ताको योगदानलाइ सिकाउन जरुरी देखिएको छ… मुरारी सुवेदी

0
SHARES
12
VIEWS

नयाँ पुस्ताका नयाँ अनुहारलाइ धेरै निराशा र आक्रोश हुने कारण पुराना पुस्ताको त्याग र बलिदानीलाइ सार्वजनिक गर्न नसकिनु नै प्रमुख कारण भएको एमालेका युुवा नेता मुरारी सुवेदीले बताउनुभएको छ ।
आज एक पोष्ट सार्वजनिक गर्दै नेता सुवेदीले आउदो पुस्तालाइ हिजोको पुरानो पुस्ताको बारेमा जानकारी नगराएसम्म उनीहरुलाइ पिडा ,आका्रेस तथा छटपटिले पोलिरहने बताउनुभएको हो ।
सन्चार र प्रविधिले जोडको युवालाइ अमेरिका र बेलाइतको विकास ,सस्कृति र स्वतन्त्रतालाइ मात्रै बुझेको तर नेपालीको इइिहासलाइ नियाल्न नसक्दा युवा पुस्ताले पिडा ओकलिरहेको सुवेदीको भनाइ छ ।सुवेदी यसो भन्नुुहुन्छ ,,,,
अहिले नयाँ पुस्तामा किन यति धेरैे निराशा र आक्रोश छरु मेरो विचारमा यसका केही कारण छन्।

१। यो पुस्ताले निरंकुशता कस्तो हुन्छ भोग्नु परेन ।
२।यो पुस्तालाई निरंकुशता विरूद्दको लडाईमा वि।पि।कोईराला पुष्पलाल मनमोहन हरू निर्वासनमा जानू परेको पढाईएन।

४। मोहनचन्द्र अधिकारी १७ वर्ष , के।पी। ओली, मोदनाथ प्रश्रित लगायत नेताहरू १४ वर्ष चिसो जेलको छिंडिमा विताएको पढाईएन।

५।न २०३६ को आन्दोलन, न २०४२ को शिक्षक आन्दोलन, न २०४६ को आन्दोलन केही पढाईएन।

६।रत्न कुमार वान्तवा, सुखानिमा मारीएका योद्दा, मधेशका राम लक्ष्मण, भोजपुरका राम प्रसाद राई, धनकुटाका भीम वहादुर श्रेष्ठ,संखुवासभाका यज्ञ वहादुर थापा,लीला दाहाल, ठगी दाहाल तेह्रथुमका नेत्र गुरागाइ, सिन्धुलीका ऋषि देवकोटा आजाद, पश्चिमका एकदेव आले, नेत्रलाल अभागि, यादवनाथ आलोक लगायत पचासौं योद्धा निरंकुश सत्ताले मारेको विषयमा पुस्ता वेखबर छ ।

७।वि।पि।मनमोहन, गणेशमान, साहना, मंगलादेवी, सिद्दिलाल, तुलसिलाल , वल बहादुर राई, मदन भण्डारी, सि।पि।मैनाली लगायत हजारौंको त्याग समर्पणबाट यो व्यवस्था आएकोबारे पुस्ता वेखबर छ ।

८।यो पुस्ता २०५२ देखि ६२ सम्मको सशस्त्र युद्ध जान्दैन ।
९। २०५९ माघ १९ मा राजा ज्ञानेन्द्रले कु गरेर सेनाले पत्र पत्रिमा बन्द, टेलिफोन वन्द गरि देशभरी दशौं हजार नेता कार्यकर्ता पक्राउ गरि ३ महिना सम्म नजरवन्दमा राखेको वारे जानकारी छैन ।
१०।२०६२र६३ को आन्दोलनबाट २४८ वर्ष पुरानो निरंकुश सामन्ति सत्ता अन्त गरि लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आएको हो ।
भौतिक रूपमा पनि मोवाईलको सिमका लागि राति १२ वजे देखि ३,४ किलोमिटर लामो लाईन लागेको कुरा सुन्दा यो पिंढि पत्याउँदैन किनकी उसको पालामा पसल पसलमा सिम पाईयो ।
। निरंकुश पन्चायती सत्ताले पनि कोर्समा राखेर नै पन्चायत पढायो ।
तर
गणतन्त्रमा प्राविधिक र व्यवसायिक शिक्षाका नाममा, ईतिहास र संस्कृति पाठ्यक्रममा नराख्नु मेरो विचारमा ऐतिहासिक भुल हो ।
त्यसैले पुस्तालाई सबै खाले ईतिहास पढाऔ।
अनि मात्रै विगत प्रति सम्मान गर्दै आगतलाई स्वागत हुनेछ। योगदान गरेको पिंढि प्रतिको नकारात्मक धारणा, अन्त्य भई आवेग, अराजकता र उत्तेजनालाई वेठिक भनिन थालिनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार