आफ्नै कर्मचारी माथि जवरजस्ती गर्न खोज्ने दमकका चिकित्सक प्रकाउ

0
SHARES
110
VIEWS

दमकका डेन्टल चिकित्सक प्रकाउ परेकाछन ।
झापाको दमकमा सन्चालित सुर्याेदय डेन्टल दमक क्लिनिकका सन्चालकले आफ्नै कर्मचारीमा माथि जवरजस्ती करणी गर्न खोजेपछि प्रहरीले नवनितकुमार झालाइ प्रहरीले नियन्त्रण लिएको हो झाले आफ्नै डेन्टलमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा झापा दमकका एकजना दन्त चिकित्सक झा पक्राउ परेका परेका हुन

प्रहरीले उनलाई एक साताअघि नै पक्राउ गरेको भए पनि खबर भने आज मात्र बाहिरिएको हो । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

दमकमा सूर्योदय दमक डेन्टल सञ्चालन गर्दै आएका डक्टर नवनितकुमार झालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो । दमक–९ का झापाको दमक–६ मा डेन्टल क्लिनिक छ ।

पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि डक्टर झालाई भदौ २१ गते इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो । प्रहरीले झामाथि जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

सो मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट प्रहरीले म्याद थपको आदेश समेत लिएर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

उनले पीडित भनिएकी महिलाको किटानी जाहेरीका आधारमा तत्कालै झालाई अनुसन्धानका लागि पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको बताए । आरोपी झाले भने आफूले ती महिलामाथि जबरजस्ती करणीको प्रयास नगरेको दाबी गरेका छन् ।आ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार