मेघराज राउतको मृत्युको अनुसन्धान गर्न मेची सहकारीको कर्मचारी प्रहरी नियन्त्रणमा,

0
SHARES
22
VIEWS

दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एकजना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ अर्थात आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सोही सहकारीमा कार्यरत महिला कर्मचारीविरुद्ध इलाका प्रहरी कार्यालय दमकले मुद्दा दर्ता गराइसकेको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनलाई घटना भएकै राति प्रहरीले पक्राउ गरेको थियो । आत्महत्या दुरुत्साहन अभियोग प्रमाणित भए अदालतले पाँच वर्षसम्मको सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ । ती महिलामाथि मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक राउतको परिवारले महिला कर्मचारीविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । बिहीबार अपराह्न दमक–५ स्थित अन्नपूर्ण होटलको तेस्रो तल्लाको एक कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएका राउतले छोडेको सुसाइड नोटका आधारमा परिवारले शुक्रबार बिहान प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

सुसाइड नोटमा ती महिलाले आफूलाई ट्र्यापमा पारेको मृतक राउतले लेखेका छन् । ती कर्मचारीले आफूबाट निकै फाइदा लिएको, स्कुटर, सुन, कपडालगायतका सामान किन्न लगाएको, धेरै रकम पनि लगेको राउतले सुसाइड नोटमा उल्लेख गरेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले सो घटनामा मृतक परिवारका तर्फबाट किटानी जाहेरी परेको जनाउँदै आत्महत्या दुरुत्साहनको आरोपमा ती महिलामाथि थप अनुसन्धान अघि बढाइने जानकारी दिए ।

३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि एकाएक घरपरिवार र कार्यालयको सम्पर्क बाहिर थिए ।

प्रहरीले राउतले प्रयोग गर्दै आएको मोबाइल फोनबाट लोकेसन ट्र्याक गर्दै दमक–५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्य भागमा रहेको अन्नपूर्ण होटल एन्ड लजको तेस्रो तलामा पुगेको थियो ।

त्यहाँ उनी बन्द कोठाभित्र फेन झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार