सिम्रिक सहकारीको एकाईस्तरको सभा सुरु… २ अर्ब ९३ करोडको वासलात

0
SHARES
15
VIEWS

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा अन्तरगत आजदेखि एकाईस्तरको सभा सुरु गरिएको छ ।

संस्थाले आफ्ना ५९ हजार २६३ जना सेयर सदस्यहरुलाई पायक पर्ने सेवाकेन्द्रमा आमन्त्रण गरी सात एकाईमा विभाजन गरी आजदेखि इकाइगत साधारण सुरु गरेको हो ।

आज पहिलो दिन झापाका अलग अलग तीन स्थानमा एकाई साधारणसभा आयोजना गरी १२ वटा सेवा केन्द्र अन्तरगतका सदस्यहरुमाझ प्रतिवेदन माथि छलफल गरिएको थियो ।

सिम्रिकका चारवटा सेवा केन्द्रहरु शनिश्चरे बजार, गरामनी, बिर्ताबजार, बिर्तामोड र बिर्तामोडको शनिश्चरे रोड अन्तरगतका सदस्यहरु सहभागी गराएर बिर्तामोडमा आज प्रथम एकाई साधारणसभा गरिएको हो ।

यस्तै, लक्ष्मीपुर, कामाटोली र सुरुङ्गा बजार सेवाकेन्द्र अन्तरगतका सदस्यहरु सुरुङ्गामा अर्को एकाई साधारणसभा गरिएको थियो । यसैगरी दमकमा आयोजना गरिएको एकाई साधारणसभामा पाडाजुंगी, क्याम्पसमोड, पुरानो आम्दा र पशुहाट सेवाकेन्द्र अन्तरगतका सदस्यहरुलाई सहभागी गराइएको थियो ।

कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र विस्तारित संस्थाले समीक्षा वर्षमा ११ दशमलव ६४ प्रतिशतले वृद्धि गरी २ अर्ब ९३ करोड ६२ लाख ९४ हजार ६०७ रुपैयाँको वासलात बनाइएको अध्यक्ष सुवास भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराए ।

संस्थाले सेयर सदस्य वृद्धिमा लक्ष्यको ६५ प्रतिशत हासिल गरेको भए पनि सेयर पुँजी ७ लाख ४० हजार २०० रुपैयाँ घटेको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराइले भने, ‘तर निक्षेपमा राखिएको लक्ष्य ५२ दशमलव २ प्रतिशतले उपलब्धी भएको, कर्जा लगानीमा ५३ दशमलव ३९ प्रतिशतले वृद्धि गरिएको छ ।’

आर्थिक मन्दीले तरलता संकुचन भएको कारण लक्षित उपलब्धी हासिल नभए पनि सिम्रिक साकोसले आफ्ना सबै सेयर सदस्यहरुलाई ६ दशमलव ८३ प्रतिशत शेयर बोनस वितरण गर्ने तथा सक्रिय कारोबारी सदस्यहरुलाई ९२ लाख ११ हजार ७२१ रुपैयाँ १५ पैसा संरक्षित पुँजी फिर्ता गर्ने प्रस्ताव गरिएको छ ।

संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभामा कार्यकारी प्रमुख कलबहादुर बस्नेतले साधारणसभालाई भत्ता थाप्ने थलोका रुपमा नबुझ्न सदस्यहरुलाई सुझाव दिँदै संस्थाका सञ्चालक एवम् कर्मचारी र कारोबारका विषयमा प्रश्न गर्न अनुरोध गरेका थिए ।

तरलता अभावको कठिन मोडमा पनि सिम्रिकले आफ्ना सेयर सदस्यहरुलाई माग गरेको समयमा बिलम्ब नगरी कर्जा उपलब्ध गराएको स्मरण गराउँदै कार्यकारी प्रमुख बस्नेतले सदस्य परिवारमा जन्मदेखि मृत्युसम्मका सुख दुखमा सिम्रिक पुग्ने गरेको जनाए ।

संस्थाले वितेको एक वर्षमा मात्रै सामाजिक उत्तरदायित्व अन्तरगत सदस्य र समुदायको लागि १ करोड ६३ लाख २६ हजार ३७५ रुपैयाँ खर्च गरेको जनाइएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित एकाई साधारणसभामा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले सम्बोधन गरेका थिए । एकाई साधारणसभा समारोहको सञ्चालन प्रेम बस्नेत (विजय)ले गरेका थिए भने आमन्त्रित अतिथि र सहभागी सेयर सदस्यहरुलाई विभागीय प्रमुख मीनबहादुर अधिकारीले शाब्दिक स्वागत गरेका थिए ।

साधारणसभाको कार्यतालिका अनुसार भोलि सोमबार इलामको दानाबारी सेवाकेन्द्र र अर्जुनधाराको खुदुनाबारी सेवा केन्द्र अन्तरगतका सदस्यहरु सहभागी गराएर खुदुनाबारीमा कार्यक्रम गरिनेछ ।

यस्तै, इलाम जिल्ला अन्तरगतका हर्कटे, पशुपतिनगर, श्रीअन्तु र फिक्कल सेवा केन्द्रका सदस्यहरुका लागि फिक्कलमा एकाई साधारणसभा हुनेछ भने झापाको गौरादह र गौरीगञ्ज सेवाकेन्द्रका सदस्यहरुका लागि गौरादहमा कार्यक्रम तय गरिएको विभागीय प्रमुख मीनबहादुर अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार