विहान सकिएको एमाले कोशी प्रदेशको मतदान आज १ बजेबाट शुरु मतगणना गरिदै

0
SHARES
7
VIEWS

नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ। ९ सय ९७ प्रतिनिधि रहेकोमा ९ सय ७७ जनाले मतदान गरेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए। ​आइतबार राति १० बजेदेखि सुरू भएको मतदान आज बिहान ५ बजे सकिएको थियो। अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ पदाधिकारीसहित ११६ पदमा निर्वाचन सुरु भएको हो।

अध्यक्षमा मोरङका घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन्। यता उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्। सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी उम्मेदवार छन्। यसैगरी २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ। जसमा खोटाङका देवान राई, मोरङका खेम नेपाली र झापाकी जलवर्षा राजवंशी उम्मेदवार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार