एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बन्ने

0
SHARES
23
VIEWS

कोशी प्रदेशमा नेपाली कांग्रेसका सात जना सांसदले पार्टी संसदीय दलको निर्णय अवज्ञा गरेका छन् ।

नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसको शेखर कोइराला पक्षका सात जना सांसदले विद्रोह गरेका हुन् ।

उनीहरूको विद्रोसँगै नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बन्ने भएका छन् । नेकपा एमालेको समर्थनमा उनले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी समेत गरिसकेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् ।

उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्बोच्च अदालतको व्याख्या छ ।

यसैबीच, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । आज बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

उनलाइ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार