नेपालमा अझै ८ म्याग्निच्युडसम्मको भूकम्पीय जोखिम छ’…राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र

0
SHARES
16
VIEWS

जाजरकोट भूकम्पले पश्चिम नेपालमा अझै महाभूकम्पको खतरा रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले विगत पाँच सय वर्षदेखि त्यस क्षेत्रमा शक्ति सञ्चय भइरहेका कारण महाभूकम्पको खतरा नटरेको बताएकी छिन् । शिलापत्रसँगको कुराकानीमा उनले भनिन्, ‘बझाङ र डोटीमा केही महिनायता आइरहेका स–साना भूकम्पहरूले खतराको संकेत गरिरहेका थिए । जाजरकोटको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले क्षति पुर्‍यायो ।’

उनले यही भूकम्पका कारण लामो समयदेखि सञ्चय भएको शक्ति भने क्षीण नभएको बताइन् । ‘दोलखा र गोरखामा यसअघि गएका भूकम्पका कारण नेपालमा तत्काल जोखिम टरे पनि पश्चिम नेपाल भने जोखिममै छ,’ झाले भनिन्, ‘पश्चिम नेपालमा तत्काल जोखिम टर्न कम्तीमा ८ रेक्टर स्केलसम्मको भूकम्प जानुपर्छ अन्यथा हामी जोखिममै हुन्छौँ ।’

नेपाल भूकम्पीय उच्च जोखिममा भएका कारण यसबाट बच्न र पूर्वतयारीमा लाग्नैपर्ने उनले बताइन् । ‘पूर्वाधार र पूर्वतयारी उच्च प्राथमिकता हुनुपर्ने हो । तर, हामी हरेक विपद्लाई केही समयमै बिर्सिन्छौँ,’ उनले भनिन् । जाजरकोटको भूकम्पले सचेत बनाएको भन्दै पश्चिम नेपालमा पूर्वतयारीका लागि ध्यान दिनुपर्ने उनले बताइन् ।

भूकम्पपछि पनि लामो समयसम्म पराकम्पहरू जान सक्ने भन्दै जाजरकोट आसपासमा अहिलेसम्म ३ सय ८२ वटा परकम्प गएको झाले बताइन् । थुप्रै परकम्पहरू जाने भए पनि ठूला भूकम्पको जोखिम भने टार्न नसक्ने उनको भनाइ थियो ।shilapatra bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार