वैदेशिक हस्तक्षेप बढेकोले देशलाई स्वाधीन र बलियो बनाउन बलियो राष्ट्रिय शक्ति अपरिहार्य …देवेन्द्र दाहाल

0
SHARES
15
VIEWS

देवेन्द्र दाहालले देशमा बलियो राष्ट्रिय शक्ति नहुँदा वैदेशिक हस्तक्षेप बढेकोले देशलाई स्वाधीन र बलियो बनाउन बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताएका छन् ।

शनिबार दमकमा भएको एक कार्यक्रममा मन्तब्य राख्दै नेता दाहालले नेकपा एमालेले शुरु गरेको मिशन ८४ अभियान बलियो राष्ट्रिय शक्ति निर्माणकै लागि भएकोसमेत बताए । उनले भने, ‘एमालेले सत्तामोह र सत्ताउपयोगका लागि मिशन ८४ गरेको होइन, बलियो राष्ट्रिय शक्ति निर्माण यसको मुख्य उद्देश्य हो ।’

नेपाली कांग्रेस आफू बलियो शक्ति बन्न नसक्ने र उसले बनाउनसमेत नसक्ने भन्दै एमाले स्थानीय विकास केन्द्रीय विभागका प्रमुखसमेत रहेका नेता दाहालले ंसंसदीय निर्वाचनमा पहिलो भएको दल तेश्रो शक्तिको बैशाखीमा उभिनुले पनि यसको पुष्टि गरेको जिकिर गरे । माओवादी केन्द्र पहिलो र दोश्रो शक्तिकाबीचमा खेलेर लाभ लिनमात्र केन्द्रित भएको दाहालले टिप्पणी थियो ।

प्रेस चौतारी झापा माईपश्चिम क्षेत्रीय कमिटीले आयोजना गरेको तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु रोमनाथ ओली, गीता अधिकारी, स्थानीय विकास विभागका सचिव हर्कराज राई, प्रदेश सभा सदस्य होमबहादुर थापा, प्रदेश कमिटी सदस्यहरु अम्बिका खनाल, बेनुप्रसाद शिवाकोटी, नगर इन्चार्ज बोधराज घिमिरे, अध्यक्ष गेहनाथ पोखरेल, उपाध्यक्ष दिपेश दाहाल, अनेमसंघ जिल्ला सचिव लीला ढुंगेल लगायतका नेता कार्यकर्ताहरुले आफ्ना धारणासहित शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस चौतारी केन्द्रीय सदस्य टीकाराम उप्रेती, केन्द्रीय लेखा आयोगका सदस्य विष्णुप्रसाद पोखरेल, प्रदेश महासचिव गोपाल झापाली, कोषाध्यक्ष युवराज विवश, जिल्ला अध्यक्ष मनकुमार गदाल, क्षेत्रीय कमिटी अध्यक्ष भूमिराज पराजुली, नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष विमल लामिछाने, जिल्ला सचिव डिकेश लामा, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराईलगायतले सामाजिक सञ्जालका माध्यमबाट सामाजिक सद्भाव विगार्न खोज्ने तत्वहरुलाई नियमन गर्न सक्ने कानूनी व्यवस्था गर्न खाँचो रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार