२० % कृषक महिलाको हातमा एकल अधिकारको लालपुर्जा

0
SHARES
4
VIEWS

कृषिमा आबद्ध महिला धेरै, जमिनको हकमा पुरुषको वर्चस्व
एक करोड ३२ लाख ११ हजार ३४८ जना कृषि क्षेत्रमा आबद्ध

नेपालको कृषि क्षेत्रमा महिलाको आबद्धता धेरै भए पनि कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुनेमा पुरुष बाहुल्य देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा १८ वर्षभन्दा माथिका एक करोड ३२ लाख ११ हजार तीन सय ४९ जना कृषि क्षेत्रमा आबद्ध छन् । त्यसमा महिलाको संख्या ६८ लाख ६३ हजार चार सय १२ र पुरुषको संख्या ६३ लाख ४७ हजार नौ सय ३६ रहेको तथ्यांक छ । कृषि क्षेत्रमा महिलाको आबद्धता ५२ प्रतिशत भए पनि कृषि जग्गामा स्वामित्व तथा हक सुरक्षण भने ३४.४ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ । त्यसमध्ये पुरुषको स्वामित्व ६५.६ प्रतिशत रहेको छ ।

एकल जमिनको हकधारमा पुरुषको तुलनामा महिला धेरै पछि परेका छन् । जसमा महिलाको नाममा २०.८ प्रतिशतको एकल लालपुर्जा रहेको छ भने पुरुषको ४२.९ प्रतिशत छ । बाँकी संयुक्त वा अन्य विभिन्न नाममा रहेको तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेश्मीले बताए । उनले भने, ‘महिला स्वयंले निर्णय गर्न पाउने महिलाको स्वामित्व कति छ भनेर हेर्दा पछि परेको पाइयो, अझै पनि महिला सशक्तीकरण भएको रहेनछ भन्ने बुझियो ।’

कार्यालयका अनुसार २७ लाख २३ हजार ६ सय २५ जना पुरुषले जमिनको पूरा हक लिएका छन् भने १४ लाख ३० हजार सात सय १९ जना महिला कानुनी रूपमा हकदार छन् । त्यस्तै, प्रदेशगत रूपमा कृषि जग्गामा स्वामित्व हक सुरक्षित गर्नेमा सबैभन्दा धेरै गण्डकी प्रदेशमा रहेको छ । उक्त प्रदेशमा ३४.६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २९ प्रतिशत रहेको छ ।

ad
लैंगिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा कुल वयस्क पुरुषमध्ये सबैभन्दा बढी ४७.६ प्रतिशत बागमती प्रदेशमा, सबैभन्दा कम ४०.१ प्रतिशत मधेश प्रदेशमा रहेको छ । कार्यालयले गत ६ वैशाखदेखि १९ जेठ ०७८ सम्म ७७ वटै जिल्लामा सातौँ राष्ट्रिय कृषि गणना गरेको थियो । जसमा अन्य तथ्यांक सार्वजनिक भए पनि महिला सशक्तीकरणको अवस्था देखाउने उद्देश्य रहेको रेश्मीको भनाइ छ ।

२०.२८% कृषक महिलाको हातमा एकल अधिकारको लालपुर्जा

कृषि क्षेत्रमा महिलाको आबद्धता ५२ प्रतिशत भए पनि कृषि जग्गामा स्वामित्व तथा हक सुरक्षण भने ३४.४ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ । त्यसमध्ये पुरुषको स्वामित्व ६५.६ प्रतिशत रहेको छ । एकल जमिनको हकधारमा पुरुषको तुलनामा महिला धेरै पछि परेका छन् ।

जसमा महिलाको नाममा २०.८ प्रतिशतको एकल लालपुर्जा रहेको छ भने पुरुषको ४२.९ प्रतिशत छ । लैंगिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा कुल वयस्क पुरुषमध्ये सबैभन्दा बढी ४७.६ प्रतिशत बागमती प्रदेशमा, सबैभन्दा कम ४०.१ प्रतिशत मधेश प्रदेशमा रहेको छ । कार्यालयले गत ६ वैशाखदेखि १९ जेठ ०७८ सम्म ७७ वटै जिल्लामा सातौँ राष्ट्रिय कृषि गणना गरेको थियो ।

तथ्यांक कार्यालयले कृषि जग्गामाथि लैंगिक स्वामित्वको विवरण कृषि गणनाको इतिहासमा पहिलोपटक संकलन गरेको हो । यस सूचकबाट कृषि जग्गामा रहेको विद्यमान लैंगिक असमानता मापन गर्न सम्भव भएको कार्यालयले जनाएको छ । महिलाको कृषि जग्गामाथिको पहुँचमा भएको वृद्धिले कृषिको उत्पादकत्वमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने गरेको अध्ययनहरूबाट देखिएको प्रतिवेदनमा उल्लेख छ । naya patrika bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार