अर्जुनधारा जलेश्वरधाममा मंसिर १७ गतेदेखि ४१ औँ वार्षिक अनुष्ठान हुने

0
SHARES
6
VIEWS

झापाको अर्जुनधारा जलेश्वरधाममा मंसिर १७ गतेदेखि ४१ औँ वार्षिक अनुष्ठान हुने भएको छ । बाला चतुर्दशीको अवसर पारेर धामले नौ दिनसम्म अनुष्ठान आयोजना गर्न लागेको हो ।

पूर्वको पशुपतिनाथले परिचित धामले हरेक वर्ष धार्मिक अनुष्ठान आयोजना गर्दै आएको धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले बताए । अनुष्ठानलाई ऐतिहासिक बनाउने उद्देश्यले श्रीमद् देवीभागवत ज्ञान महायज्ञ पनि आयोजना गरिएको छ ।

धामले शुक्रवार पत्रकार सम्मेलन गरी अनुष्ठानका विषयमा जानकारी दिएको हो । अनुष्ठान मंसिर २५ गते समापन हुनेछ । अनुष्ठानमा पतञ्जलि योगपीठ हरिद्धार भारतका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण पनि सहभागी हुने छन् ।

आचार्य बालकृष्ण मंसिर २४ गते धाममा आउने अध्यक्ष नवीन गट्टानीले बताए । धामका महासचिव शिवलाल खतिवडाका अनुसार आचार्य बालकृष्णले खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

अनुष्ठानमा अनुमानित ४० लाख खर्च हुने र एक करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । हरेक वर्ष दर्शनार्थीको भीड बढ्दै गएको अवस्थामा भूमि विस्तारलाई निरन्तरता दिने उद्देश्य राखेर जलेश्वर धामले अनुष्ठान आयोजना गरेको कोषाध्यक्ष मनोज जोशीले बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष भीमचन्द्र भट्टराई, प्रचार समितिका संयोजक रमेश त्रिखत्री लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार