१ सय बटा सहकारीलाइ कार्वाही गर्ने तयारी … उपाध्यक्ष पोखरेल, उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार

0
SHARES
22
VIEWS

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल नेपालका ३२हजार सहकारी मध्ये १सयबटा सहकारीलाइ कार्वाही गर्ने तयारी गरिएको बताउनुभएको छ ।आज झापाको विर्तामोडमा
नेपाल बहुउद्देश्यीय सहकारी ले आफ्नो ३१औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा लाइ सम्वोधन गर्न आउनुभएका पोखरेलले प्रमुख आथित्यताको क्रममा सभालाइ सम्वोधन गर्नुहुदै १सय सहकारीलाइ कार्वाही गर्ने तयारी गरिएको बताउनुभएको हो।

सस्थाको आजमंसीर १६ गते बिर्तामोडमा सम्पन्न सभालाइ पोखरेलले गलत नियतले सन्चालन गरिएको यी सहकारीलाइ बचाउन धेरै प्रयास गरिएको तर नसच्चिएपछि महासघंले एक्सनमा अघि बढेको बताउुनुभएकोहो ।

गत मंसीर २ गतेदेखि सात वटा इकाईमा इकाइगत साधारण सभा सञ्चालन भई मंसीर ८ गते पूरा भएको थियो । संस्थाका ५८ वटै कार्यालयस्तरमा भएका उपइकाइगत साधारण सभाबाट छानिएर आएका प्रतिनिधिसहितको सहभागितामा माइन्युट प्रमाणित सभा सम्पन्न भएको हो ।

सहकारी अभियानका विशिष्ट व्यक्तित्वहरु र जनप्रतिनिधिहरु उपस्थित माइन्युट प्रमाणित सभामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदनका मूलभूत विषयहरु माथि चर्चा गर्नूभएको हो । ।

यसैगरी सो कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहालले गत आर्थिक वर्षमा संस्थाको सञ्चालक समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयनको अवस्था, वित्तीय कारोबारहरु गर्नका लागि निर्माण गरिएका नीतिगत व्यवस्थाको परिपालना जस्ता विषयहरु समेटिएको प्रतिवेदनलाई सारांशमा प्रस्तुत गर्नूभएकोे थियो ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा बिर्तामोडमा सञ्चालन गरिएको सो सभामा संस्थाका उपाध्यक्ष विष्णुप्रसाद गौतमले उपइकाइगत साधारण सभाबाट प्राप्त ७८ वटा विशेष सुझावहरुलाई हल समक्ष प्रस्तुत गर्नूभएकोथियो ।

संस्थाका अध्यक्ष सिवाकोटीले साधारणसभा हलमा नै ती प्रश्नहरु माथि संस्थाको आधिकारिक धारणा राख्दै प्राप्त कतिपय सुझावहरुलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रष्ट पार्नूभएको प्रचारका गोपाल काफ्लेले जानकारी दिनुभएको छ ।

सो अवसरमा एनएमसीले संस्थामा २५ वर्षभन्दा बढी समयदेखि कार्यरत दुईजना कर्मचारीहरुलाई १० ग्राम सुनको सिक्कासहित र १० वर्षभन्दा लामो अवधि काम गर्ने ४६ जनालाई ५० ग्राम चाँदीको सिक्कासहित दीर्घसेवा पदकबाट सम्मानित गरेको छ ।

संस्थाका अधिकृत कर्मचारी पारसचन्द्र भट्टराई र वरिष्ठ सहायक प्रथम दुर्गा बराल २५ वर्षभन्दा लामो अवधि लगातार काम गरेर दीर्घसेवा पदकबाट विभुषित भएका हुन् ।

यसैगरी आर्थिक वर्ष २०७९र०८० मा घोषित विभिन्न विधाका उत्कृष्ट चार जना कर्मचारीहरुलाई पनि सोही अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाले वर्ष उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार बिर्तामोडका तत्कालीन प्रमुख हरिमाया ओझालाई समर्पण गर्यो । यस्तै, वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रधान कार्यालयका वरिष्ठ सहायक तेस्रो सदिक्षा अधिकारीलाई, वर्ष उत्कृष्ट सदस्य सहजकर्ता बिर्तामोडका रुकमणि शर्मा नेपाललाई र व्यवसाय वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार कार्यालय सहायक छैटौं महेन्द्रबहादुर बानियाँलाई प्रदान गरिएको थियो ।

सो अवसरमा मन्तब्य राख्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष पोखरेलले सहकारी अभियानको वर्तमान अवस्था र सहकारी अभियानकर्मीले अब खेल्नुपर्ने भूमिकाका सन्दर्भमा सारगर्भित मन्तब्य राख्नुभएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको सो समारोहमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई संस्थाका वरिष्ठ उपाध्यक्ष भगवति घिमिरे मैनालीले शाब्दिक स्वागत गर्नूभएको थियो

अन्तिम माइन्युट प्रमाणित सभामा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष मन्तब्य राख्नुभएको थियो।

समारोहमा कोशी प्रदेश उद्योग तथा कृषि र सहकारी मन्त्रालयका सचिव लेखनाथ दाहाल, निमित्त सहकारी रजिष्ट्रार हरिबहादुर खत्री, झापा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्कालगायतले सम्बोधन गर्नूभएको छ ।sajhamach

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार