मेडिकल शिक्षा सिध्याउने तोसिमा कार्कीहरू हुन …दुर्गा प्रसाईं

0
SHARES
2
VIEWS

गणतन्त्र उल्ट्याउने घोषणा गर्दै आन्दोलनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ललितपुरमा पुगेर रास्वपा सांसद डा. तोसिमा कार्कीमाथि खनिएका छन् ।

आज (शनिबार तोसिमा) कै निर्वाचन क्षेत्र लगनखेलमा आयोजित कार्यक्रममा प्रसाईले यो देशको शिक्षा र स्वास्थ्य क्षेत्र सिध्याउने मतियार तोसिमा नै भएको गम्भिर आरोप लगाए । उनले तोसिमाहरुकै कारण आज देशमा नर्सिङ पढाइ नै हुन छाडेको दाबी गरे ।

प्रसाईले भने, ‘डा. तोसिमा कार्कीकै क्षेत्रमा आएर म भन्छु, यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्की हुन् ।

गोविन्द केसी बोकेर नर्सिङ र प्लस टु भन्दा माथिको पढाइ नेपालमा हुन नदिने उनी नै हुन् । तोसिमाकै कारण हाम्रा चेलीबेटी बोर्डरमा गएर असुरक्षित तरिकाले नर्सिङ पढ्नु परेको छ । यो देशमा नर्स र डाक्टर पढ्न पाइँदैन यिनीहरूको कारण । अस्ति खोइ सिमेन्ट उद्योग भनेर तोसिमाले प्रश्न गरेको सुनेँ
खोइ त मेडिकल उद्योग ? तपाईहरूले झुक्किएर उनलाई भोट दिनुभयो र धोका खानुभयो । उनले पुस मसान्तमा धेरैले आत्महत्या गर्ने भन्दै अब देश मारवाडीको कब्जामा गइसकेको आरोप समेत लगाए ।nayapagebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार