मेचीनगरमा ५ हजार १५१ जनालाइ जग्गाको निस्सा वितरण गरिदै

0
SHARES
2
VIEWS

मेचीनगरले आफनो नगर क्षेत्रका १५ वटै वडामा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरता दिएको छ ।

गत सोमबारदेखि सुरु भएको जग्गाको निस्सा वितरण कार्य मंगलबार वडा नं। ५, ६, ७ र ८ नं मा निरन्तरता दिइएको हो ।

मेचीनगर ५ मा अव्यवस्थित बसोबास १५१, भूमिहिन सुकुम्बासी १०१ र भूमिहिन दलित ८ गरी जम्मा २६० जनाले निस्सा पाएका छन् ।
यस्तै, वडा नं। ६ मा अव्यवस्थित बसोबास २०७, भूमिहिन सुकुम्बासी २१९ र भूमिहिन दलित २१ गरी जम्मा ४४७ जना, मेचीनगर ७ मा अव्यवस्थित बसोबास २३०, भूमिहिन सुकुम्बासी २४५ र भूमिहिन दलित १३ गरी जम्मा ४८८ जना र मेचीनगर ८ मा अव्यवस्थित बसोबास १०९, भूमिहिन सुकुम्बासी १९८ र भूमिहिन दलित ४९ गरी जम्मा ३५६ जनालाई जग्गाको निस्सा वितरण गरिएको हो ।

भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ बमोजिम यस नगरपालिकाबाट संङ्कलित विवरणको आधारमा निस्सा वितरण गरिएको हो । सो कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक ह्दय राजवंशी, कार्यपालिका सदस्य तथा मेचीनगर भूमि आयोग समितिका संयोजक अमित खम्बु, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, वडाध्यक्ष, वडासदस्य, कर्मचारीलगायतको उपस्थितिमा जग्गाको निस्सा वितरण गरिएको थियो ।

मंसिर २९ गतेसम्म सञ्चालन हुने जग्गाको निस्सा वितरण अभियानमा मेचीनगरका १५ वटै वडाका अव्यवस्थित बसोबास ३ हजार ३०, भूमिहिन सुकुम्बासी १ हजार ८१४ र भूमिहिन दलित ३०७ गरी ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्नेछन् ।

आज बुधबार मेचीनगर ९, १०, ११ र १२ नं वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिने कार्यक्रम रहेको मेचीनगर नगरप्रमुखको सचिवालयले जनाएको छ ।
मेचीनगरमा ५ हजार १५१ जनालाइ जग्गाको निस्सा वितरण गरिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार