कानेपोखरीको रसिला मकैमा झुम्मिए ३६ वटा जगंली हात्ती …कहिले फर्किएलान त भारत

0
SHARES
10
VIEWS

डेढ महिना अघि भारतबाट झापाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जंगली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।

झापा, मोरङ र सुनसरी क्षेत्रका जंगलमा विचरण गर्दै आएका ती हात्तीबाट जिउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई जना, मोरङमा एक जना र सुनसरीमा एक गरी चार जनाको मृत्यु भइसकेको छ ।

मेचीनगर–४ का हात्ती संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए । हात्तीको बथानमा छावा पनि छन् । ती हात्ती हालसम्म नफर्किएको उहाँले बताउनुभयो ।

हिउँद याममा वर्षेनी यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन् । लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जंगलमा आश्रय लिएर बसेको बताउनुभयो । उहाँका अनुसार चार वटा छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरेको छ ।

मोरङको कानेपोखरी जंगल आसपासका वस्ती र खेतमा मकै लगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरु भारततिर नफर्किएको अनुमान गरिएको छ । सडक छेउछाउ र बजारमा पोलेर बिक्रीका लागि सो क्षेत्रमा बेमौसमी मकैको खेती हुने गरेको छ ।

बेलबारी नगरपालिका–८ र १० का स्थानीय किसानहरुले ठूलो क्षेत्रफलमा मकै खेती लगाएका छन् । “मकै हात्तीले असाध्यै मन पराउँछ”, डिभिजन बन कार्यालय मोरङका प्रमुख घिमिरेले भन्नुभयो, “मोरङको अन्य पालिका भन्दा यहाँ मकै खेती प्रशस्त हुने गरेको छ । हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ ।”

उहाँले विहान बेलुका हिंडडुल गर्दा र जंगल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गर्नुभएको छ । बन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे तापनि सम्भव भएको छैन ।

गतबर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ वटा हात्तीमध्ये १२ वटा मात्रै भारत फर्किएको हात्तीको गणना र अध्ययन समेत गर्दै आउनु भएको अभियन्ता लुइँटेलले बताउनुभयो । भारत नफर्किएका २० वटा हात्ती झापा र मोरङकै जंगलमा छरिएर रहेको उहाँको भनाई छ । उहाँले हाल तीन जिल्लामा ६० देखि ६५ वटा हात्ती जंगलभित्र रहेको दावी गर्नुभएको छ ।ra sa sa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार