नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा भिम कुंवर (राजु), र घनश्याम चौधरी निर्वाचित

0
SHARES
13
VIEWS

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न ५०औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

पोखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाए । ८४ मतान्तरले विजयी भएका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाई पराजित गरे । पोखरेल नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

त्यस्तै, कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भिम बहादुर कुंवर (राजु), सिनेटर सन्दिप अग्रहरी विजयी भएका छन् । महासचिव सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भएका छन् । उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ,राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भएका छन् ।

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा (१७ जना निर्वाचित) एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार