आगलागी हुँदा जले एक हजार बोइलर कुखुरा

0
SHARES
4
VIEWS

कुखुरा फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँको क्षति भएको छ। कनकाई नगरपालिका ५ स्थित तुलसीवारिमा सञ्चालित छविलाल आचार्यको कुखुरा फर्ममा बुधवार राती अन्दाजी ९:२० मा आगलागी हुँदा एक हजार बोइलर कुखुराका चल्ला, २४० केजी कुखुराको दाना, ३०० केजी मकै, १० मन धान र अन्य सरसामान जलेर नष्ट भएको हो।

अन्दाजी २ कट्ठा जग्गामा रहेको सो कुखुरा फर्म महेन्द्र पराजुलीले भाडामा लिएर सञ्चालन गर्दै आइरहेका थिए। फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। आगलागीबाट चौपायासहित कुनै मानवीय क्षति नभएको उनले बताए।

आगलागी बिर्तामोड नगरपालिका, कमल गाउँपालिका, शिबसताक्षी नगरपालिकाको गरी तीन वटा दमकल, प्रहरी र स्थानियबासीहरुको सहयोगमा राती १०.४० बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार