धौलागिरी पारिजात सहकारीको अध्यक्षमा भट्टराई… पुस ६ गते पद हस्तान्तरण

0
SHARES
7
VIEWS

धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा किशोर भट्टराई चयन भएका छन् ।

भट्टराई हाल संस्थाको सचिव रहेका थिए । ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । संस्थाका सबै सञ्चालक समिति निर्विरोध चयन भएका छन् ।

संस्थाको उपाध्यक्षमा पार्वता श्रेष्ठ र सचिवमा डा. गौरीशंकर झा चयन भएका छन् । सदस्यहरु माधवप्रसाद आचार्य, खड्गबहादुर तामाङ, पुष्पराज भट्टराई, गंगादेवी गौतम, कमलादेवी सापकोटा, कमलमान सिंह चौहान, रेशबहादुर बस्नेत र भीमबहादुर पौडेल चयन भएका छन् ।

त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकमा दुर्गानारायण चौधरी र सदस्यद्वयमा डम्बरप्रसाद ढुंगाना र सुनिता पोखरेल चयन भएका छन् ।

पाँचौँ कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिलाई भोलि पुस ६ गते हुने १६ औँ वार्षिक साधारणसभामा पद हस्तान्तरण गरिने अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार