बिर्तामोड–३ का युवाहरु बिर्तामोडलाई उज्यालो बनाउने अभियानमा…सैनिकमोडमा मास लााइट जडान

0
SHARES
3
VIEWS

झापाको बिर्तामोड–३ का युवाहरु बिर्तामोडलाई उज्यालो बनाउने अभियानमा जुटेका छन् ।

पहिलो पटक बिर्ता बजारमा मास लाइट जडान गरेका उनिहरुले सैनिकमोडमा अर्को लाईट जडान गर्दै उज्यालो नगर बनाउने अभियान थालेका छन् ।
बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको पहलमा स्थानीय युवाहरुले बिर्ता बजार,सैनिकमोडमा मास लााइट जडान गरेका हुन् ।

अनारमनी सोसियल युथ क्लबका सदस्यहरु, विभिन्न राजनितीक दलका स्थानीय नेता तथा कार्यकर्ता लगायत सबैको सामुहिक प्रयासमा मास लाईट जडान गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण र वडा कार्यालयको सहकार्यमा मास लाइट जडान गरिएको बताइएको छ ।

टोल बिकास संस्थाले मास लाइट जडान गरेमा त्यसमा केही प्रतिशत वडाबाट सहयोग गर्न वडा सदस्य हरि बास्कोटाले जानकारी दिए । उनका अनुसार वडाका सबै टोलमा सडक बत्ती जडान गर्ने अभियान सञ्चालन हुने बताए । हरित नगर अन्तरगत पोलमा हरियो रंग समेत लगाउदै गरिएको छ भने गत असार / श्रावणमा बाटो छेउमा बिरुवा समेत रोपिएको छ ।
यसैबीच बिर्तामोड ५ र अर्जुनधारा ११ बसपार्कमा पनि लाईट जोड्ने काम सुरु भएको छ । भने अन्य वडामा पनि अभियानकै रुपमा काम थालनी हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार