झापाका ५ सहकारी कार्वाहीको सुचीमा ,बचत फिर्ताको पहल गर्दै सहकारी सघं

0
SHARES
124
VIEWS

राजकुमार ओली

झापाका ५ वटा सहकारी कार्वाहीमा पर्ने भएकाछन ।
बचतकर्ताहरुको रुपैया फिर्ता नगरेका तथा कारोवारमा समस्या देखिएका झापाका ५ सहकारीमा उजुरी परेसगैं कार्वाहीमा पर्ने देखिएको हो ।

बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको सहकारी सघं झापाका अध्यक्ष गणेश ढकालले पुर्वखवरलाइ बताउनुभएकोछ ।
उजुरी पर्नेमा पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्ति, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा र संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमक रहेका छन्। पहिलो पाइला बहुउद्देश्यीय सहकारीका अध्यक्ष सनिप भुजेल महिनौँदेखि फरार छन् ।
त्यस सहकारीले करिब ३ करोड रुपैयाँ बचत फिर्ता गर्न देखिएको कोशी प्रदेश सहकारी संघका सचिव भवानी दंगालले बताउनुहुन्छ ।

त्यस्तै समाजसेवी बहुउद्देश्यीयले २ करोडभन्दा बढी र जयपुर बहुउद्देश्यीयले १ करोडको हाराहारीमा बचत फिर्ता गर्न बाँकी रहेको छ। त्यस्तै पूर्वार्ध कृषि सहकारी संस्थाले प्रदेश सरकार र प्याक्टबाट ल्याएको १ करोडभन्दा बढी अनुदान रकम दुरुपयोग गरेको जनाइएको छ ।

दमकको संयुक्त कलाकर्मी साकोसमा भएको
अनियमितताका सम्बन्धमा छानबिन गरी त्यसको प्रतिवेदन दमक नगरपालिकामा पठाइएको जिल्ला सहकारी संघ झापाले जनाएको छ । उजुरी परेका अन्य सहकारीमाथि पनि छानबिन भइरहेको कोशी प्रदेश सहकारी संघले बताएको छ ।अन्य सहकारीहरुको पनि उजुरी आएको र हाल सहकारी सघं छानविनका क्रममा रहेको पाइएको नेप्स्कुन झापाका अध्यक्ष तुलाराम न्यौपानेले बताउनुभएको छ ।
अन्य जिल्ला भन्दा झापामा सहकारी क्षेत्रका देखिएको जोखिम कम छ।समस्या भएको सहकारीहरुलाइ पनि सहजता बनाउन र बचतकर्ताहरुको डुव्न लागेको रुपैया फिर्ता गराउन लागेको सहकारी अभियानका सुव्रत न्यापानेले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार