उजुरी गरे बचत फिर्ता नदिने लालीगुराँस सहकारी संस्थाको धम्की

0
SHARES
1
VIEWS

ललितपुर पुलचोकस्थित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको कुल कारोबार २०७८ असारसम्म करिब ७ अर्ब ८४ करोड रुपैयाँबराबर छ ।

गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण भने सहकारीले सार्वजनिक गरेको छैन । संस्थाको कार्यकारी प्रमुख तथा सञ्चालक समिति सचिव सुरेन्द्र भण्डारी हुन् । उनकै नेतृत्वमा नेपाली कांग्रेसनिकट सहकारीकर्मीहरू अर्को सहकारी स्थापना गर्न अगाडि बढेका थिए ।

ललितपुर चापागाउँको एउटा टोल नै यो सहकारीले बचत फिर्ता नगर्दा समस्यामा छ । ‘दैनिक मजदुरी गरेर २ सय/५ सय रुपैयाँ बचत गर्नेदेखि करोडभन्दा माथि बचत गर्नेसम्म्म लालीगुराँस सहकारीका पीडित छन्,’ चापागाउँका एक पीडितले भने, ‘बचत फिर्ता माग्न जाँदा ५ हजार रुपैयाँको मात्रै चेक दिन्छ । आफ्नो पसिनाको मिहिनेत नपाउँदा उपचार गर्नसमेत समस्या भएको छ ।’

संस्था व्यवस्थापन जिम्मेवारीमा रहेका भण्डारीलाई कार्यालयमा जाँदा भेट्न नपाउने उनले बताए । संस्थाको सदस्य रहेको कार्ड देखाएपछि मात्रै कार्यालयमा प्रवेश दिने गरेको उनले बताए ।

लगानी गरेको कर्जा नउठेको र उठेपछि बचत फिर्ता गर्ने भन्दै लालीगुराँसले फकाउने गरेको अनि कतै उजुरी गरे झनै बचत फिर्ता नगर्ने धम्की दिने गरेको ती बचतकर्ताले बताए ।

सहकारी विभागलाई धम्क्याउँदै गौतमश्री बचत तथा ऋण सहकारी संस्था

काठमाडौं कुलेश्वरमा रहेको गौतमश्री बचत तथा ऋण सहकारी संस्था २०७९ असारदेखि नै समस्यामा छ । सहकारीले विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरे पनि विभिन्न राजनीतिक पहुँच प्रयोग गरेपछि सहकारी मन्त्रालयले संस्थालाई सर्तसहित समस्याग्रस्त घोषणा गर्नबाट रोकेको थियो ।

त्यसपछि संस्थाले नयाँ सञ्चालक समिति गठन गरे पनि नयाँ सञ्चालक समितिलाई संस्था अध्यक्ष रामबहादुर गौतमले सहयोग नगरेको भन्दै सञ्चालकले राजीनामा दिएका छन् ।

विभागले सर्तसहति पुनः सञ्चालन स्वीकृति दिए पनि सर्तअनुसार प्रगति नभएर छलफलमा बोलाउ्रँदा अध्यक्ष गौतमले राजनीतिक पहुँचको हवाला दिँदै धम्कीको भाषा प्रयोग गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन् ।

संस्था अध्यक्ष गौतमले काभ्रे पात्लेखेतमा गाईफार्म सञ्चालन गरेका थिए भने उनी र श्रीमतीका नाममा विभिन्न स्थानमा सहकारीको पैसाले घरजग्गा तथा सम्पत्ति जोडेका छन् ।onlinekahbar bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार