दुर्गा मावि गरामनीको वार्षिक उत्सवका अवसरमा अग्रज पत्रकार मुखिया सम्मानित

0
SHARES
1
VIEWS

बिर्तामोड-झापाका अग्रज पत्रकार इन्द्रजित मुखिया सम्मानित हुनु भएको छ । दुर्गा मावि गरामनीले बुधबार ६८ औँ वार्षिक उत्सवका अवसरमा पत्रकार मुखियालाई सम्मान गरेको हो ।

समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकार मुखियालाई सम्मानपत्र प्रदान गर्नुभयो । नेपाल टेलिभिजनका झापा संवाददाता मुखिया अढाई दशक अघिदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ।

पत्रकारितामार्फत सामाजिक रूपान्तरण अभियानमा योगदान गरेको जनाउँदै विद्यालयले मुखियालाई सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार