नक्कली बिलको कारोबार : झापामा सात वटा फर्मलाई ६ करोड कर निर्धारण

0
SHARES
225
VIEWS

नक्कली बिल बिजक प्रयोग गरी ६ करोड रुपैयाँ कर छली गर्ने झापाका सात वटा व्यवसायी फर्मलाई आन्तरिक राजस्व कार्यालय झापाले पत्र काटेको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरमा दर्ता भई वस्तु किनबेच नगरी बिल मात्रको खरिद बिक्री गरेको आशङ्कामा कार्यालयले गरेको अनुसन्धानमा ती कम्पनी तथा फर्म फेला पारेको हो ।

कार्यालयमा दर्ता भई नियमित रुपमा अन्य कर दाताहरू करको दायरामा आए पनि ती फर्महरूले आयकर, मूल्य अभिवृद्धि कर ,अन्त शुल्क कुनै पनि विवरण पेस नगरेको देखिएपछि कार्यालयले गरेको अनुसन्धानमा पहिलो चरणमा सात वटा फर्मले नक्कली बिल प्रयोग गरेको पाइएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले बताए ।

ती फर्महरूलाई ४० लाख देखि २ करोड रुपैयाँसम्म कर निर्धारण गरेको उनले जनाए । धेरै ट्रेन्डिङ र केही उद्योग रहेको उनको भनाइ छ । आयकर ऐनका कारण फर्मको नाम भने सार्वजनिक गर्न नमिल्ने उनले बताए । कार्यालयले कर निर्धारण गरी पन्ध्र दिनको म्याद दिइसकेको उनले बताए । म्याद भित्र प्रमाण पेस नगरेमा स्वतः फर्महरूले कर तिर्नु पर्ने उनको भनाइ छ । उनीहरूले नक्कली नै बिल प्रयोग गरेको पुष्टि भइसकेकोले कर तिर्नै पर्ने उनले बताए ।

झापामा यस्तो कारोबार गर्नेको सङ्ख्या ठुलो भएकोले कार्यालयले तीव्र रूपमा फर्महरू फेला पारेर अनुसन्धान गरिरहेको उनको भनाइ छ । यस किसिमको कारोबारमा स्वयम व्यवसायी, कर मरामर्शदाता र लेखा व्यवसायी समेतको संलग्नता प्रारम्भिक अनुसन्धानबाट देखिएकोले थप अनुसन्धान जारी राखिएको उनले बताए ।

नक्कली बिलको कारोबार गर्ने व्यवसायी र तिनका लेखा व्यवसायीहरूमाथि कडा रुपमा छानबिन गरी यो अभियानलाई निरन्तरता दिएर राज्यलाई कर छली गर्नेमाथि कर निर्धारण गरी करको दायरामा ल्याइने कार्यालयले जनाएको छ । onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार