भारतमा गायनमा चर्चा कमाएकी नेपाली चेली मेनुका पौडेललाइ विर्तामोडमा अभिनन्दन गरिने भएकोछ ।
झापाको विर्तामोडमा सन्चालनमा रहेको सप्तक सगिंत विध्यालयले सोमवार विर्तामोडमा इन्डियन आइडलमा टप १० मा पर्न सफल मेनुका पौडेललाइ अभिनन्दन गर्न लागेको विध्यालयका सस्थापंक डाक्टर कुमार सुवेदीले पुर्वखवरलाइ बताउनुभएको हो ।
नेपालको गरामुनीको दुर्गा माविमा अध्ययनरत विध्यार्थी मेनुकालाइ सोमवार नेपालको मेचीनगर स्थित मेची पुलमा भव्य स्वागत गर्दै बाजागाजा सहित विर्तामोडमा ल्याएर फुलमाला सहित परिक्रमा गराउदै अभिनन्दन गरिन लागेको हो ।