शहिद नेत्रपार्कमा दैनिक सयौ पर्यटकको लाग्न थाल्यो भिड…स्थानियवासीहरु उत्साहित

0
SHARES
87
VIEWS

राजकुमार ओली
झापाको विर्तामोड ७ स्थित शहिद नेत्रपार्कमा आन्तरिक पर्यटनको भिड लाग्न थालेको छ ।

गत हप्ता देखि स्थानिय अगुवाहरुको सहजीकरणमा शहिद नेत्रपार्कमा सरसफाइ तथा रगंरोकन गर्न थालिएपछि आन्तरिक पर्यटनको भिड लाग्न थालेको हो ।
गत शनिवार पनि विर्तामोडमा सन्चालनमा रहेको सप्तक सगिंत विध्यालयको टिमले नेत्रपार्कमा वनभोज खाने तथा पर्यटकिय क्षेत्रको अवलोकन गर्ने लक्ष्यको साथ पिकनिक खान गएको सन्चालक डाक्टर कुमार सुवेदीले बताउनुभएको छ ।

हाल नेत्रपार्कमा सुन्दर पोखरी ,सिमसार,तथा सुन्दर फुलवारी ,सहित विगतमा भुटानी शरणार्थी बसेर छाडेका अवशेषहरु रहेको स्थानिय निचाझोडा बन उपभोक्ता समुहका अध्यक्ष बद्री प्याकुरेलले पुर्वखवरलाइ जानकारी दिनुभएको छ ।

हाल दैनिक रुपमा पनि सयौ पर्यटनहरु आउन थालेको स्थानिय अगुवा तथा विर्तामोड ७ का वडा अध्यक्ष कृष्ण अविरल खरेलले जानकारीदिनुभएको हो ।गत हप्ताबाट मात्रै यो जिर्ण बनेको शहिद नेत्रपार्कलाइ सरसफाइ अभियान गरिदै पर्यटकिय क्षेत्र बनाउन सवैले जोड दिएका थिए ।

हाल सम्म यो पार्कमा ३ करोड धेरै रुपैया लगानी गरिसकिएको कोशी प्रदेशका सासंद एकराज कार्कीले जानकारी दिनुभएको छ । यो पार्क झापा विद्रोहका शहिद नेत्र घिमिरेको नाममा स्थापना गरिएको हो ।

शहिद घिमिरे यही खालबारी निवासी थिए,उनको जमिन पनि यो बन भित्र थियो तर पन्चायती सरकारले घिमिरेको जमिन खोसेर वन बनाएको थियो । २०४६सालपछि भुटानबाट नेपाली भाषीहरु लखेटिएपछि नेपाल सरकारले कन्काइ माइको बगरमा अस्थायी बसोवास लिएका भुटानीहरु लाइ शरणार्थीको रुपमा यही बन क्षेत्रमा बसोवास गराएको थियो ।पछि भुटानी शरणार्थीहरु अमेरिका क्यानाडा डेनमार्क लगाएतका देशमा
लगिएपछि खाली भएको जमिनलाइ स्थानियहरुको अगुवाइमा शहिद नेत्रपार्कको रुपमा विकास गरिएको हो ।
.
विचमा यो पार्कमा दैनिक रुपमा नै सरसफाइ तथा फुलवारी निर्माण लगाएतका कामहरु हुदै आएपनि तत्कालिन अध्यक्ष रहेको सविधान सभाका सभासद नरेश खरेल विवादमा मुछिएपछि यो पार्क अस्यव्यस्त बन्दै गएको थियो ।अवको दिनमा भने विर्तामोड नगरपालिकाले नै यो पार्कलाइ नजर लगाउन थालेपछि भने स्थानिय बासीहरु उत्साहित देखिएकाछन । यो पार्क विर्तामोडको मुक्ति चोकबाट ४ किलोमिटर पुर्व दक्षिण गरामुनी बजारबाट ४किलोमिमटरको कालोपत्रे सडक सगँ जोडिएको पार्क हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार