तत्कालिन प्रधानपञ्च बुढाथोकीको निधनप्रति अर्जुनधारा नगरपालिकामा शोक बिदा

0
SHARES
39
VIEWS

अर्जुनधारा नगरपालिकाले बुधबार (आज) शोक बिदा दिएको छ ।
अर्जुनधारा–८ का नेपाल सरकारका पूर्व सामान्य प्रशासन मन्त्री, संविधान सभाका सदस्य एवं तत्कालिन शनिश्चरे गाउँ पञ्चायतका प्रधानपञ्च समेत भएका केशवकुमार बुढाथोकीको निधनप्रति नगरले शोक बिदा दिएको हो ।

अर्जुनधारा कार्यवाहक नगर प्रमुख खड्गमाया पराजुलीले मंगलबार एक सूचना जारी गरी नगरपालिका अन्तर्गतका निकायहरुमा स्वास्थ्य संस्थाहरुको आकस्मिक सेवा बाहेक बुधबारका दिन शोक विदा दिइएको जनाएकी छिन् ।

नेता बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पिडीत थिए । उनको उपचारको क्रममा सोमबार राति बिराट नर्सिङ होम बिराटनगरमा निधन भएको थियो । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

‘सेतो बाघ’ उपनामले समेत परिचित बुढाथोकी करिब चार बर्षदेखि प्रोष्टेट क्यान्सरसँग रोगबाट पिडीत थिए । लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार नै अन्त्यष्टी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार