लोकतान्त्रिक गठबन्धनबाट राजु न्यौपानेले अध्यक्षको उम्मेदवारी दर्ता …महासचिवमा कुशल खतिवडा

0
SHARES
12
VIEWS

लोकतान्त्रिक गठबन्धनबाट वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।

लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपक मित्तल र सहकोषाध्यक्ष पदमा तिलोत्तमा खत्री उम्मेदवार बनेका छन् ।

खुला सदस्यहरुमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत र निशा शाह गुप्ताले उम्मेदावारी दिएका छन् ।

यसैबीच अल्मुनियम फर्निचर व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनीसहित आसन्न चुनावका लागि ३९ जनाको मनोनयन दर्ता भएको छ ।

फागुन १४ गतेका लागि निर्धारित निर्वाचनमा विर्तामोड उद्योग बाणिज्य संघका पाँच हजार ६६१ सदस्यहरु मतदाता छन् । संघका १२ जना पूर्व अध्यक्षहरु पनि निर्वाचनमा स्वतः मतदाता रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार