हात्तीको प्रभाव रोक्न बाहुनडागीदेखि उदयपुरसम्म पदयात्रा

0
SHARES
2
VIEWS

प्रकृति संरक्षण र प्रवद्र्धनका लागि हात्ती प्रभावित क्षेत्रमा बुधवारदेखि सातदिने पदयात्रा सुरु गर्ने भएका छन् ।

‘जीव, जनावर, जल, जंगल र जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने मुल नाराकासाथ बुधवारदेखि मुख्यमन्त्री केदार कार्कीको टोलीले बाहुनडाँगीबाट उदयपुरसम्म ७ दिने पदयात्रा सुरु गरिने भएको हो ।

मंगलबार मेचीनगर–४ नम्बर वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हात्ती प्रभावित क्षेत्रका स्थानीय राजनीतिक दल र वडा कार्यालयले मुख्यमन्त्री कार्कीलाई ११ बुँदे ज्ञापनपत्र बुझाउने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी, कांगैसका नेताहरु निरज घिमिरे, सागर कार्की, समाजसेवीहरु रमेश दाहाल, गोविन्द न्यौपाने लगायतले भारतबाट आउने हात्तीलाई नाकामा नै रोक्नु पर्ने बताए ।

भित्र छिरेका हात्तीले मान्छे मारे, अन्नबालीमा क्षति पुर्याए तत्काल राहतको व्यवस्था र सुरक्षाको प्रत्यभूति राज्यले दिलाउनु पर्ने उनीहरुको जोड छ ।

कार्यक्रममा वडाध्यक्ष अर्जुनकुमार कार्कीले भोलिदेखि हुने पदयात्राले मानव र हात्तीबीचको द्वोन्द समाधान हुनेमा आशावादी रहेको दावी गरे ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा बुधवारदेखि मेचीनगर–१ र ४ बाट उदयपुर जिल्लासम्म ७ दिने हात्ती प्रभावित क्षेत्रको पद यात्राको उद्घाटन मुख्यमन्त्री कार्कीबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार