झापाका सहकारीहरू उच्च जोखिममा— बुझाए प्रशासन कार्यालय झापामा ज्ञापनपत्र

0
SHARES
103
VIEWS

झापाका सहकारीहरू उच्च जोखिममा परेका छन्।
पछिल्लो समय सहकारी कार्यालयभित्र चोरी डकैती हुने तथा ऋणीहरूले समयमा सावा तथा ब्याज नतिर्ने कारणले झापाका सहकारीहरू उच्च जोखिममा परेका हुन्। पछिल्लो समय सहकारी कार्यालयभित्रै यस्ता घटना बढेपछि सहकारी सङ्घ झापाले सुरक्षा निकाय तथा सिडिओ कार्यालय गुहार्न गर्न थालेको छ।
सोही क्रममा आज बिहीबार झापा जिल्ला सहकारी संघ लिमिटेडले पछिल्लो समय सहकारीमाथि बिभिन्न समुह तथा ब्यक्तिले आक्रमण गर्ने क्रम बढेकाले सुरक्षाको प्रत्याभूति गरिदिन माग राख्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष गणेश ढकाल, सचिव भवानीप्रसाद दंगाल, सह–सचिव कृष्णप्रसाद मिश्रलगायतको टोलीले बिहीवार (आज) प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला समक्ष त्यस्ता अराजक तत्वलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

सहकारी संस्थामाथि भएको श्रृखलाबद्ध आक्रमणलाई रोक्न र त्यस्ता अराजक तत्वलाई कानुनको दायरा ल्याएर कानुनी कारवाहीको मागसहित संघले प्रशासन समक्ष ज्ञापनपत्र बुझाएका हो ।

संघले कर्णाली साकोस, बिर्तामोड ४, साना किसान कृषि सहकारी हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी हल्दिबारीलगायतका सहकारी संस्थामा विभिन्न मितिमा नगद चोरी कार्यालय तोडफोड गर्ने जस्ता श्रृङ्खलाबद्व अपराधिक घटना घटेको उल्लेख गर्दै शान्ति सुरक्षाका लागि ज्ञापन पत्र बुझाएको हो ।

अज्ञात समुह, व्यक्तिहरुले संस्थाको कार्यालयमा रातको समयमा प्रवेश गरी कार्यालयमा रहेको नगद चोरी गर्ने, कार्यालय तोडफोड गर्ने जस्ता श्रृङ्खलाबद्व अपराधिक घटना घटने गरेको प्रशासनलाई बुधmाएको ज्ञापनपत्रमा उल्लेख छ ।

विभिन्न अराजक व्यक्ति तथा समुहले सहकारी संघ÷संस्थाका कर्मचारीलाई कार्यालय परिसरभित्र प्रवेश गरेर कुटपिट गर्ने, धाक÷धम्की दिने, भौतिक आक्रमण गर्ने, हातपात गर्ने तथा गराउने जस्ता क्रियाकलापहरु निरन्तर रुपमा बढिरहेकाले सहकारीसंस्थाको ऋण असुली प्रणालीनै अवरुद्ध भएको जनाइएको छ ।

नियमित बचत फिर्ता गर्न समेत ठूलो संकट सृजना हुने देखिएकाले त्यस्ता व्यक्ति तथा समुहलाई कनूनको दायरामा ल्याई अविलम्ब कारवाही प्रकृया अगाडी वढाई सहयोग गरिदिन संघले ज्ञापनपत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार