दमकको सहकारी सस्थाका सञ्चालक र व्यवस्थापक लाई जेल हाल्ने फैसाला

0
SHARES
156
VIEWS

दमकमा बचतकर्ताको रकम अपचलन गरेको भन्दै यहाँ रहेको एउटा सहकारीका सञ्चालक र व्यवस्थापक साथै कर्जा प्रमुखलाइ जेल हाल्ने फैसाला जिल्ला अदालत झापाले गरेको छ ।

बचतकर्ता दिपु चापागाईं र तमोन्ना निरौला समेतले हालेको मुद्धाको पक्षमा फैसाला गर्दैै दमक ६ मा रहेको नवरङ्ग बचत तथा ऋण सहकारी सस्थाका सञ्चालकद्धोय र व्यवस्थापक साथै कर्जा प्रमुखलाई जेल हाल्ने फैसाला गरिएको जिल्ला अदालत झापाका सुचना अधिकारी गायत्री बाह्रकोटीले जानकारी दिनु भयो ।

निरौला लगायतले किर्ते जालसाझ गरेको भन्दै सहकारी विरुद्ध मुद्धा हालेका थीए ।

सुचना अधिकारी बाह्रकोटीका अनुसार नवरङ्गका अध्यक्ष सुरज लिम्बु र तत्कालीन उपाध्यक्ष आकाश थुलुङलाई जनहि एक वर्ष कैद र नगद १० हजार रुपैँया जरिवाना तिराउने फैसाला बुधबार भएको हो ।

यसैगरी सहकारीका व्यवस्थापक सहरमान राई कर्जा बिभाग प्रमुख गौरव राजवंशीलाई जनहि ३ वर्ष जेल र ३० हजार नगद जरिवाना गराउने फैसाला समेत अदालतले गरेको छ ।

यो सहकारीहरुले निरौला सहित अन्य बिभिन्न बचतकर्ताहरुको लाखौ रकम हिनामिना गरी अपचलन गरेको ठहर जिल्ला अदालतको छ ।

निरौलाको मात्रै यो सहकारीले ४८ लाख रुपैँया हिनामीना गरीदिएको थियो ।ujjalobata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार