रहेनन् दमकका अभियन्ता भवानी दाहाल

0
SHARES
50
VIEWS

दमक। सामाजिक अभियानकर्मी भवानी दाहालको निधन भएको छ। आज आइतबार बिहान १ बजे दमक १५ का पूर्व वडा अध्यक्ष भवानी दाहालको दुखद निधन भएको छोरा राजेन्द्र दाहालले बताउनुभएको छ। विभिन्न रोगबाट पीडित दाहाल जेष्ठ नागरिक जिल्ला सङ्घका पूर्व अध्यक्ष तथा जेष्ठहरूको झापाका अभियानकर्मी हुनुहुन्थ्यो। दमक १५ का पूर्व वडाध्यक्ष समेत रहेर लामो समय सम्बन्धित जीवनमा काम गरेका दाहाल दमकका विभिन्न सामाजिक गतिविधिमा निकै सक्रिय देखिनुहुन्थ्यो। दमकको श्री राधा माधव समितिका संरक्षक समेत रहेका दाहाल को मृत्युले दमकले एक अभियन्ता गुमाएको छ। दमक ९ स्थित पाणिनी मावि का अध्यक्ष समेत रहेका दाहाल झापामा रहेका जेष्ठहरूको विविध खालका अभियानहरूमा सक्रिय भूमिकामा देखिनुहुन्थ्यो। विगत लामो समयदेखि मुटु र अन्य रोगका समस्याबाट थलिएका दाहाल को मृत्युले ठूलो क्षति भएको दमकका पूर्व मेयर रोम ओली ले बताउनुभएको छ। विगतका दिनहरूमा उमेरले जेठो भएपनि दमककै सल्लाहकार भएर लामो समयसम्म सहकार्य गरिएको र दमकका गल्लीगल्लीहरूमा चोक चोकमा दाहालको योगदान रहेको सहकर्मी हरि ओलीले बताउनुभएको छ। दाहालको आज नै अन्तष्टि गरिने परिवारले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार