झापा गोल्डकपमा नेपाल पुलिसलाई हराउँदै चर्च बोइज विजय

0
SHARES
14
VIEWS

चर्च ब्वाइज क्बल झापाको बिर्तामोडमा जारी छैटौं झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आइतबार भएको दोस्रो खेलमा नेपाल पुलिसलाई २-०ले हराउँदै चर्चब्वाइज विजयी भएको हो ।

चर्च ब्वाइजका लागि विदेशी खेलाडी अवयमी र समिर तामाङले गोल गरे । खेलको ५३ औँ मिनेटमा अवयमीले पेनाल्टीमार्फत गोल गरे । पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले अवयमीमाथि फाउल गरेपछि चर्चब्वाइजले पेनाल्टी पाएको थियो । यस्तै खेलको ७७ औँ मिनेटमा समिरले चर्चब्वाइजका लागि अर्को गोल गरे । उनले अवयमीको पासमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच ‍‍ चर्चब्वाइजका अवयमी घोषित भए । उनले नगद ११ हजार पाए । जितसँगै चर्चब्वाइजले मंगलबार एनआरटीसँग क्वाटरफाइनल खेल खेल्नेछ ।

सोमबारको पहिलो क्वाटरफाइनल खेल बागमति र एपीएफबीच हुने आयोजकले जनाएको छ । २८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Share this:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार