राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नेपाल महासंघको भूमिका महत्वपूर्ण…युवराज ज्ञवाली

0
SHARES
15
VIEWS

राजकुमार ओली सुखानी स्मृति पार्क इलाम २१ फागुन

खेलकुदको माध्यमबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नेपाल महासंघको भूमिका महत्वपूर्ण रहने नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभएको छ।

आज सोमबार नेपाल खेलकुद महासंघले आयोजना गरेको केपी ओली रोडरेस २०८० कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवलीले खेल र खेलाडी उत्पादनमा नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो।

आज नेकपा एमालेको शहीद सप्ताहको समापनको दिन पारेर आयोजना गरिएको केपी ओली रोड रेस २०८० लाई सम्बोधन गर्न सुखानी आउनुभएका नेपालको महासङ्घका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले विद्यालयदेखि विश्वविद्यालयसम्म र गल्लीबाट चोकचोकसम्म खेलाडी उत्पादन र खेल जीवनको भविष्यको लक्ष्य बनाएर अघि बढिएको बताउनुभएको छ। केन्द्रीय अध्यक्ष बस्नेतले स्वस्थ जीवनको लागि र समाज रुपान्तरणको लागि पनि खेलको महत्व अजीव भएकोले खेल जीवनबाट नै युवाहरूको भविष्य सुनिश्चित गर्न लागि परेको छ

आज बिर्तामोड २ को चारपाने चोकबाट सुरु भएको १५ किलोमिटर लामो केपी ओली रोडरेस आयोजना लाई नेकपा एमालेका केन्द्रीय नेताहरु योगेश भट्टराई गीता अधिकारी रोम ओली होम थापा प्रेमगिरी महेश बस्नेत लगायतले सम्बोधन गर्दै झापा विद्रोहका सहिदहरूको स्मृतिमा गरिएको यो कार्यक्रमले नेकपा एमालेको अझ इज्जत र प्रतिष्ठामा वृद्धि भएको शुभकामना मन्तव्य राख्नुभएको थियो। बिर्तामोड २ को चापाने चोकबाट सुरु भएको रोडरेस कार्यक्रममा प्रथमलाई ५१ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो भने दोस्रो विजेतालाई ३१ हजार नगद सहित सम्मान गरिएको थियो। कार्यक्रममा ७८० भन्दा धेरै धावकहरुले सहभागिता जनाएका थिए। सहभागीमध्ये टप टेनलाई समेत सम्मान गरिएको आयोजकका अध्यक्ष एवं नेपाल खेलकुद महासङ्घका कोशी अध्यक्ष राजकुमार थापाले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार